२२७ पटक हेरिएको
प्रकाशित: २०७४ माघ २४ बुधबार, ०७:५३ बजे

धरमपुरमा आँखा शिविर हुने

Image

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ५ धरमपुुरमा आँखा शिविर सञ्चालन हुने भएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको व्यवस्थापनमा माघ २७ गते आँखा शिविर हुने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।

उनका अनुसार शिविरमा आँखा रोगीको आँखा चेकजाच र नि–शुल्क औषधी वितरण गरिने छ । ‘उमेरका कारण नजिकको लेखपढ गर्न नसक्नेलाई नि–शुल्क चस्मा वितरण गरिन्छ,’ प्रहरी नायब उपरीक्षक सेटीले भने । आँखा चेकजाँच धनगढी नेत्रालयका आखा रोग विशेषज्ञ डा. बिधा पन्तले गर्ने प्रहरी नायब उपरीक्षक सेटीले बताए ।

उनका अनुसार माघ २७ गते बेदकोट नगरपालिका वडा नम्बर ५ सामुदायिक स्वास्थ्य ईकाइ कार्यालय धरमपुरमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म नाम दर्ता गर्र्नुपर्नेछ ।


About Author
-मानसखण्ड