४५५ पटक हेरिएको
प्रकाशित: २०७४ माघ ०९ , ०९:१२ बजे

व्यक्तिगत लगानीमा धर्मशाला निर्माण

Image

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ५ बनखेतका एक वृद्धले ५० लाख व्यक्तिगत लगानीमा धर्मशाला निर्मार्ण गरी भम्केनी धाम विकास समितिलाई हस्तान्तरण गर्ने तयारी गरेका छन । करिब ७० वर्षीय अशोकसिंह महराले भम्केनी धाममा व्यक्तिगत लगानिमा धर्मशाला निमार्ण गरी धम्केनि धाम विकास समितिलाई हस्तान्तरण गर्ने तयारी गरेका हुन् ।

महराले धर्मशाला निमार्ण कार्य अन्तिम चरणमा भएकाले राष्ट्रभक्ति जागरण महानुष्ठानका अवसरमा भम्केनी धाम विकास समितिलाई हस्तान्तरण गरिने बताए । महरा जमिन बिक्रि गरेर र्धमशाला निमार्ण गरिरहेको रहेका छन् । राष्ट्रभक्ति जागरण महानुष्ठान माघ २२ गतेदेखि फागुन ३ गतेसम्म भम्केनि धाम क्षेत्रमा आयोजना हुदैँ छ ।

भम्केनि धाम क्षेत्रप्रतिको मोह र बैजनाथ बाबाको प्रेरणले नै आफुमा भम्केनी धाम क्षेत्रमा धर्मशाला बनाउने ईच्छा जागेको उनले बताए । भम्केनि धाम क्षेत्रमा धर्मशाला बनाउन पाउँदा आफु निकै खुसि भएको बताउदैँ वृद्ध महराले भने ‘कति बेला मरिन्छ थाहा छैन, सामाजिक कामले नै मान्छेलाई अमर बनाउने हो, यहि विचारले नै मलाई यस कार्यमा थप उर्जा मिलेको छ ।’

६ महिना अगाडी धर्मशाला निर्माण कार्य सुरु गरेको महराका छोरा राजेन्द्र महराले बताए । अहिले महरा जेठा छोरा राजेन्द्रले नै धर्मशाला बनाउने सम्पूर्ण जिम्मेवारी लिएर काम गरिरहेका छन् । आफुले डकर्मीको काम सिकेको बताउदैँ राजेन्द्रले भने ‘बुवाको भम्केनी धाम क्षेत्रमा धर्मशाला बनाउने सपनालाई पुरा गर्न नियतमित रुपमा निमार्ण कार्यमा जुटिरहेको छु ।’

धर्मशालामा तीन कोठा रहेका छन् । उनका अनुसार धर्मशाला शौचालय र धर्मशालाको चारैतिर पर्खाल पनि निर्माण गरिदैछ ।
वृद्ध महराले भम्केनि धाम क्षेत्र भविष्यमा धार्मीक पर्यटकीय स्थलका रुपमा विकास हुने प्रचुर सम्भावना रहेको बताउँदै धर्मशालाले भक्तजन तथा पर्यटकलाई बस्न सहज हुने अपेक्षा व्यक्त गरे ।

अशेक महराले जीवनको अधिकांश समय भारतको उत्तराखण्ड लगायतका क्षेत्रमा बिताएका थिए । महरा विक्रम सम्वत् २०३२ सालमा दार्चुलाको हिकिलाबाट बसाई सरी महेन्द्रनगर आएका थिए । महराले भम्केनी धामको विकासका लागि ठुलो सहयोग भम्केनि विकास समितिका अध्यक्ष हरिसिंह रावलले बताए । उनले महरा जस्ता दाता तथा सामाजिक कार्य गर्ने व्यक्तिलाई समाजले उच्च सम्मान गर्नु पर्ने बताए ।

त्यस्तै अध्यक्ष रावलले धम्केनि धाममा ७५ फिट अग्लो नेपाल आमाको मुर्ति निमार्ण गर्ने तयारी भई रहेकोले धार्मीक पर्यटनको व्यवस्थापनका लागी धर्मशाला निकै सहयोगी बन्ने बताए ।


सम्बन्धित