६६० पटक हेरिएको
प्रकाशित: २०७४ माघ ०७ , ०४:०० बजे

‘भारत नेपाललाई बलियो छिमेकीको रुपमा देख्न चाहान्छ’

Image

महेन्द्रनगर । भारतको उत्तराखण्डका पर्यटन मन्त्री एवम् सतपाल जी महाराजले भारतले नेपाललाई बलियो छिमेकीका रुपमा हेर्न चाहेको बताएका छन् । नेपाल मानव धर्म सेवा समितिद्धारा आयोजित विराट सत्संग समारोहलाई सम्बोधन गर्दै शनिबार सतपाल जी महराजले यस्तो बताए हुन् ।

नेपालमा शान्ति स्थापनासँगै समृद्धी र विकासले गति लिनु पर्ने मन्त्रीसपालको बताए । ‘विकास अध्यात्मवाद र भौतिकवादको सहकार्यबाट हुन्छ, दुवैलाई सँगसँगै आगाडी बढाउनु पर्छ’ सतपालले भने । विराट सत्संग समारोहका मुख्य वत्ता समेत रहेका पर्यटन मन्त्री सतपालले नेपालमा ठुलो महत्वका साथ हेरिएकको पञ्चेश्वर जल विद्युत परियोजनाको निमार्ण कार्य अगाडी बढाउनु पर्नेमा उनको जोड दिए ।

उनले ७ नम्बर प्रदेशको महाकाली नदिमा बन्ने जल विद्युत परियाजनाबाट उत्पादन हुने ५ हजार ४० मेघावाट विद्युत उत्पादन भए नेपालका लागि ठुलो मात्रामा विद्युत अपूर्तिमा सहज हुन बताए । समारोहलाई सम्बोधन गर्दै पर्यटन मन्त्री सतपालले गौतम बुद्ध नेपालमा जन्मेको प्रष्ट पार्दै भारत नेपालको छिमेकीका हैसियतले हेरेक सुख दुःखमा साथ दिन तयार रहेको बताए ।

उनले टनकपुर बाँधबाट नेपालले पाउने पानीका लागि सम्बन्धित निकायसगँ छलफल भईसकेका बताए । ‘पानीको समस्या चाडैँ समाधान हुन्छ, कञ्चनपुरबासीले पाउँने पानी चाँडै प्रयोग गर्न पाउँछन्,’ पर्यटन मन्त्री सतपालले भने । नेपालले भारतलाई गोर्खाली सेनाशान्ति सुरक्षा स्थापनाका लागि दिएकोे बताउँदै पर्यटन मन्त्री सतपालल भने ‘नेपालेले भारतलाई ठुलो सहयोग गरेको छ, गोर्खाली एक इमान्दारीताको प्रतिक हो ।

’ विराट सत्संगमा बोल्दै नेपाल सरकारका वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले पञ्चेश्वर परियोजनाको लागि भारतीय पक्षसँग सम्झौता भईसकेका बताए । ‘यसको निमार्ण कार्य छिट्टै अगाडी बढ्छ’ उनले भने । नेपालले चीन र भारत जस्तो शक्तिशाली छिमेकी पाउनु सुखद पक्ष भएकाले दुवै देशसँगको सहकार्यबाट नेपाल लाभ लिनुपर्ने वाणिज्य मन्त्री विश्वकर्माले बताए । गत शुक्रबार सुरु भएको विराट सत्संग समारोह शनिकार सम्पन्न भएको छ ।

सत्संग समारोहमा नेपाल लगायत भारतका विभिन्न स्थानबाट भक्तजन सत्संगमा सहभागी भएको आयोजकले जनाएको छ । सत्संगबाट मानव धर्म र अध्यात्म ज्ञानको महत्वबारे भक्तजनले जानकारी लिएको आयोजकको विश्वास रहेको छ ।


About Author
-मानसखण्ड