५२३ पटक हेरिएको
प्रकाशित: २०७४ माघ ०७ आइतबार, ०३:४६ बजे

सुदूरपश्चिममा भ्रष्टाचार : शिक्षा क्षेत्र र कैलाली जिल्लाका सबैभन्दा धेरै उजुरी

Image

महेन्द्रनगर । सुदूरपश्चिममा शिक्षा क्षेत्रका अनियमिता बारे बढी उजुरी पर्ने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय स्थापनाकालदेखि नै शिक्षा क्षेत्रमा धेरै उजूरी परेको पाईएको छ । अख्तियार कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार गत मंसिरसम्ममा परेका ३ हजार ६ सय ६३ उजरीमध्ये सबैभन्दा बढी १ हजार ३ सय ५७ उजुरी शिक्षा क्षेत्रसँग सम्बन्धित छन् ।

आयोगको कार्यालय प्रमुख विष्णुसिंह विष्टका अनुसार शिक्षा क्षेत्रका गतिविधिबारे सबैभन्दा धेरै उजुरी परेका छन् । विष्टका अनुसार संघीय मामिलामा ५ सय ८, बन तथा भू संरक्षणमा ४ सय ६८ र स्वास्थ्य क्षेत्रका २ सय ४ उजुरी परेका छन । त्यस्तै शहरी विकासमा १ सय २६, गृहमा १ सय ५, भौतिक पूर्वाधार तथा यातायातमा १ सय २९ र विविधमा १ सय ७६ उजुरी अक्तिायारमा दर्ता भएका विष्टले बताए ।

अख्तियारमा सबैभन्दा कम सूचना तथा संचार र शान्ति तथा पुननिर्माणका ४÷४ र महिला तथा बाल विकासका ८ उजुरी परेका छन् । त्यसैगरि कृषिमा २७, अर्थमा २५, उद्योगमा ३५ र संस्कृति तथा पर्यटनमा ४० उजुरी परेका छन भने सहकारी तथा गरिबी निवारणमा ६६, उर्जामा ८२ र सिंचाईमा ८७ उजुरी दर्ता भएका प्रमुख विष्टले बताए । कार्यालय प्रमुख विष्टका अनुसार दर्तामा भएका उजुरीको प्रकृति हेरेर अनुसन्धान अघि बढाएको छ ।

उनले उजुरीका आधारमा घटनास्थलको अनुगमन गरेर प्रमाण संकलन गरी कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको बताए । स्थापनाकाल देखि परेका उजुरीमा ३ हजार २ सय ३६ फछ्यौट भएका छन् भने ४ सय २७ उजुरी अझै फछ्यौट हुन बाँकी छन । सुदूरपश्चिममा सबै भन्दा बढी कैलालीका १ हजार ४० र कञ्चनपुरका ८ सय ९५ उजुरी अख्तियारमा दर्ता भएका छन ।

त्यस्तै दार्चुलाका २ सय २३, बैतडीका ४ सय ३१ र डडेल्धुराका २ सय ३९ उजुरी दर्ता भएका छन । सबै भन्दा कम उजुरी बाजुराका १ सय ३, अछामका १ सय ६० दर्ता भएका छन् भने डोटीका २ सय ९३ र बझाङका २ सय ७ उजुरी दर्ता भएका विष्टले बताए । विकास निर्माण लगायत सार्वजनिक क्षेत्रमा अनियमिता, भ्रष्टाचार भएको आशंका लागे जोसुकैले अख्तियारमा उजुरी दिन सक्ने कानुनी व्यवस्था रहेको छ ।


About Author
-मदन गिरी