८४२ पटक हेरिएको
प्रकाशित: २०७४ माघ ०५ , ०६:४८ बजे

जंगली जनावरको आतंक रोक्न सोलार तारबार लागाइने

Image

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गाउँ आउने जंगली जनावर रोक्न शुक्लाफाँटा नगरपालिकाले सोलार तारबार र कंक्रिट जाली जडान गर्ने भएको छ ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र विभिन्न संघ संस्थाको सहयोगमा शुक्लफाँटा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७ र १२ मा सोलार तारबार र कंक्रिट जाली जडान गरिने शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष शिवराज पनेरुले बताए ।

उनका अनुसार विहिबार नगर प्रमुखको कार्यकक्षमा जंगली जनावर नियन्त्रणको लागि ज्याडएसएल, एनटीएनसि, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, सुनदेवि मध्यवर्ती सामुदायिक वन, मध्यवर्ती उपभोक्ता समिति र वडाका अध्यक्षकाबिचमा छलफल भएको थियो । शुक्लाफाँटा नगरपालिकाले जंगली जनावर नियन्त्रणको लागि योजना तयार गरेर चाडै सोलार तारबार र कंक्रिट जडान गर्ने निर्णय गरेको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जगत सिंहले बताए ।

उनका अनुसार तारबार र जाली जडानका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले ३ लाख नगरपालिकालाई दिनेछ । ‘सामुदायीक वन, संघ/संस्थाले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्,’ अध्यक्ष सिंहले भने । प्रदेशसभा सदस्य लालबहादुर खड्काले सथप खाएपछि प्रदेश सरकारबाट शुक्लाफाँटा नगरपालिकालाई जंगली जनावर नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिविद्धता गरे ।

 


About Author
-मानसखण्ड