५२२ पटक हेरिएको
प्रकाशित: २०७४ माघ ०३ , ०९:१९ बजे

सुदूर पश्चिमाञ्चल विश्व विद्यालयको संन्दर्भमा हिन्दू दीक्षन्तको चर्चा

Image

सुदूरपश्चिमवासी हामी सबैका लागी अन्यन्तै गौरवको विषय हो कि सुदूर पश्चिमाञ्चल विश्व विद्यालयको प्रथम दीक्षान्त समारोह कार्यक्रम सम्पन्न हुन गई रहेको छ । यहि विक्रम सम्वत् २०७४ पौष २९ गते सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवा, सुप विश्व विद्यालयको कुलपतिको हैसियतले प्रमुख अतिथिको रुपमा सुपविको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा दीक्षान्त समारोहमा स्नातक र स्नाकोत्तर उतीर्ण भएका विद्यार्थीहरुलाई दीक्षित गर्न आउदैँ हुनुहुन्छ । यस अवसरमा यो क्षेत्रको सम्पूर्ण जनता र विश्व विद्यालय परिवारलाई हार्दिक बधाई तथा शुभकामना छ ।

सुप क्षेत्रको आफ्नो मौलिक पहिचान, समृद्ध संस्कृति एवम् ईतिहास, आफ्नो भाषा बोली, प्राकृतिक सम्पदा र सा्रत हरुले परिपूर्ण अवस्थामा रहे पनि काठमाडौँबाट सधैँ अवहेलित यो क्षेत्रको विकासको पर्यायको रुपमा जनताले जबरजस्त आन्दोलनका माध्यमले विश्व विद्यालयको स्थापना गरेको हुन । विश्व विद्यालय स्थापनाको आन्दोलन र अखण्ड सुपको आन्दोलन अन्य क्षेत्रका लागी पनि अनुकरणीय नै बन्न पुगेको उदाहरण ताजै छ । त्रिभुवन विश्व विद्यालयका कार्यक्रमहरुको समापन गर्दै सुप विविका नयाँ नयाँ कार्यक्रमहरु सञ्चालन गर्न पर्ने, शिक्षक–कर्मचारी समायोजनको जटिल प्रक्रिया, नयाँ भवन निर्माण, पाठ्क्रम निर्माण, नयाँ पधाधिकारीसँग समन्वय गर्ने जस्ता चुनौती सिद्धनाथ बहुमुखी क्याम्सिका अगाडि थिए ।

सौभाग्यले मलाई त्यो समन्वय गर्ने अभिारा सुप विवि कार्यक्रम संयोजकको नाताले प्राप्त भयो । तत्पश्चात् विश्व विद्यालयको रुपमा स्थापित संस्थामा प्रथम क्याम्पस प्रमुखको दायित्व समाल्ने अवसर पनि प्राप्त भयो । अहिले हुन गईरहेको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन गईरहेका विद्यार्थि मेरो कार्यकालका प्रथम ब्याचका विद्यार्थि भएकाले पनि म व्यत्तिगत रुपले पनि आफुलाई सौभाग्यशाली ठान्दछु । कार्यक्रम संयोजक र क्याम्पस प्रमुखको रुपमा क्याम्पसमा विद्यार्थी अनुशासन, विद्यार्थी पोशाक निर्धारण र कार्यान्वयन, अध्ययन अध्यापन र यसको चौतर्फी विकासको लागी सम्पुर्ण साथीहरु र विश्व विद्यालयका पदाधिकारीहरुको असाध्यै माया र सहयोगले गर्दा विश्व विद्यालय आजको यो ऐतिहासिक क्षणमा आई पुगेको हो ।

विद्यार्थीहरु आफ्नो निर्धारित पाठ्यक्रम सम्पन्न गरेपछि, शिक्षा आर्जन गरि सके पश्चात दीक्षित भई आफ्नो कार्य क्षेत्रमा गई सेवा कार्यमा जुट्ने गर्दछन् । आफ्नो प्रति, परिवार प्रति, समाज प्रति र राष्ट्र प्रति आफ्नो कतव्र्यको पालन दीक्षित भएको युवाले गरि सक्नु पर्ने हुन्छ । आजको शिक्षामा नैतिक मूल्यहरुको ह्रास आउँदा आमा बुवालाई वृद्धाश्रम पठाउने, हिंसा मचाउने आतङ फैलाउने, पैसालाई नै सबै थोक मान्ने जस्ता नकारात्मक प्रवृत्ति तर्फ उन्मुख भईरहेको अवस्था छ । सुविवि दीक्षित भई गई रहेको छात्रछात्राहरुबाट आफ्नो गौरवशाली अतीतलाई सम्झी कर्तव्य परायण हुने छन् भन्ने आशा गर्दछौँ ।

यस परिपेक्ष्यमा हिन्दू धर्मशास्त्रले स्नातक भए पछि आ–आफ्नो कार्य क्षेत्रमा युवाले कस्तो व्यवहार गर्नु पर्दछ भनी केहि निर्देशन दिएका छन। तिनको अनुशीलन गरौँ । प्राचीन कालमा ब्रह्मचारी अर्थात् २५ वर्ष आयु पछि वेदाध्ययन गरे पश्चात् आफ्नो घर जान्थे, त्यो बेला आचार्य ९प्राध्यापक० उनीहरुलाई यस्तो उपदेश दिन्थेः “सत्य बोल– सत्यम् वद्, धर्म ९कर्तव्य०को पालन गर– धर्मम् चर, स्वाध्यायको कहिले त्याग नगर, आचार्यलाई गुरु दक्षिणा प्रदान गरि जनतासँग सम्बन्ध बढाउ र गृहस्थाश्रममा प्रवेश गर सत्यको कहिले पनि कुनै पनि अवस्थामा त्याग नगर ।

कल्याणकारी कार्यहरुको त्याग नगर । साधनको जुन विभूति प्राप्त छ त्यसलाई कहिल्यै नछोड । स्वाध्याय र प्रवचनमा कहिले घमण्ड नगर । देव कर्म ९यज्ञ० र पितृकर्म ९श्राद्ध० तर्पण आदिको कहिले पनि त्याग नगर । आमालाई देव रुपमा पूज । पितालाई देव रुपमा पूज । आचार्यलाई देव रुपमा पूज । अतिथिलाई देव रुपमा पूज–मातृदेवो भव, पितृदेवो भव, आचार्य देवो भव, अतिथि देवो भव । निन्दा रहित कर्म मात्र गर । निन्दित कर्म नगर । आफ्नो गुरुहरुका उत्तम÷श्रेष्ठ गुणहरुको, आचरणको अनुकरण गर, अरुको होईन ।

आचार्य ९गुरु०, आफु भन्दा योग्य ब्राह्मण ÷विद्धानलाई आशन ग्रहण गराउ, जे जति दान दिन्छौ, श्रद्धाले देउ, अश्रद्धाले होईन । राम्रो कामका लागी दान दिने गर । मनमा कुनै विषयमा शंका भएको विज्ञ व्यक्तिको सल्लाह लिउ । तिमी स्वतन्त्र बन । विवेकशील, क्रोध रहित र शान्त स्वभाव भएका धार्मिक व्यक्ति बन । यो नै आदेश हो , यो नै उपदेश हो । यो नै वेदहरुको भाव हो ९तैतिरीय उपनिषद्० । ” तपाईले यदि माथि उल्लेखित वाक्यांशलाई पढ्नु भयो भने त्यो नै तपाई हामी सबैको लागी विश्व विद्यालय स्थापनाको फल हो भनि सम्झिनु होला ।

अन्यथा अभद्र व्यवहार, फैसन प्रदर्शन र क्रोधी, लोभी बन्नुका लागि विश्व विद्यालयको स्थापना भएको हँदैन । जागिरी मात्रको लागि, स्वार्थपूर्तिको साधनको लागि विश्व विद्यालय हुदैँनन् । विश्व ज्ञान प्रदान गर्ने, आत्मिक किसिमको सुख आनन्द, विद्यावान् बनाउने, दयालु, करुणाकारी परोपकारी, समाज भक्त, मातृ पितृ भक्त, गुरु भक्त यदि हामी हुन सकेनौँ भने हामी शिक्षित भएको कुनै अर्थ छैन । शैक्षणिक संस्थाबाट सही दीक्षित भएर बाहिर निस्कौँ ।पुनश्चः सुदूर पश्चिमाञ्चल विश्व विद्यालयका दीक्षित हुन गई रहेको र सम्पूर्ण सरोकारवालाहरुलाई हार्दिक बधाई तथा शुभकामना ।


सम्बन्धित