६९३ पटक हेरिएको
प्रकाशित: २०७४ माघ ०३ , ०८:५७ बजे

स्वास्थ्य संस्थामा निगरानी गरिने

Image

महेन्द्रनगर । प्राथमिक स्वास्थ्य अधिकार तथा सूर्ति नियन्त्रण जिल्ला संजाल कञ्चनपुरले सरकारी स्वास्थ्य संस्थामा अनुगमन गर्ने भएको छ । कञ्चनपुरका सरकारी स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सर्वसधारण नागरिकले पाए नपाएको बुझ्न प्राथमिक स्वास्थ्य अधिकार तथा सूर्ति नियन्त्रण जिल्ला संजाल कञ्चनपुरले स्वास्थ्य संस्थामा अनुगमन गर्न लागेको हो ।

स्वास्थ्य सांस्थाबाट प्रदान गरिने सेवा प्रभावकारी बनाउन स्वास्थ्य संस्थामा निगरानी गरिने संजालका संयोजक कृष्णसिंह देउपाले बताए । ‘राज्यबाट विभिन्न स्वास्थ्य अधिकार प्रदान गरिए पनि व्यवहारिक रुपमा सरकारी अस्पतालले कार्यान्वयनमा ल्याएका छैनन्, यसले गर्दा नागरिक स्वास्थ्य अधिकारबाट बञ्चित भएका छन्,’ संयोजक देउपाले बताए ।


उनका अनुसार प्राथमिक स्वास्थ्य अधिकार तथा सूर्ति नियन्त्रण जिल्ला संजाल कञ्चनपुरले सर्वसधारणले स्वास्थ्य सेवा पाए नपाएको बारे बुझेर स्वास्थ्य अधिकार दिलाउनका लागि अभियान चलाउने भएको छ । ‘यसका लागि जिल्ला संजालले सरकारी निकाय, गैर सरकारी संस्था, स्वास्थ्यकर्मी, मानव अधिकारकर्मीसंग छलफल गरिरहेको छ,’ संयोजक देउवाले भने ।


संयोजक देउपाका अनुसार कुनै पनि नागरिक उपचारका लागि स्वास्थ्य संस्थामा पुग्दा उसले उपचारका लागि पर्चा काट्दादेखि उपचार गराउदाँसम्मको अवस्था कुन ठाउँमा उसलाई समस्या भयो, या अन्याय भयो ? सो बारेमा अध्ययन गरेर स्वास्थ्य अधिकार दिलाईने बताए । उपचारमा लार्पबाही गर्ने र स्वास्थ्य अधिकारबाट बञ्चित गराउने स्वास्थ्यकर्मीको विवरण स्वास्थ्य अधिकार बर्ष पुस्तकमा उल्लेख गरिने संयोजक देउपाले बताए ।

उनका अनुसार स्वास्थ्य अधिकार बर्ष पुस्तक २०७६ सालमा सर्वजनिक गरिने छ । स्वास्थ्य अधिकार पुस्तकमा स्वास्थ्य सेवा नपाएका सर्बसधारण नागरिकको विवरण र स्थास्थ्य अधिकारबाट बन्चित गराउने स्वास्थ्यकमीको नाम, फोटो सहितको विवरण समावेश गरिने संजालका संयोजक देउपाले बताए ।

‘स्वास्थ्य अधिकार नपाएको पीडितले फारम भर्नुपर्छ, ‘संयोजक देउपाले भने, ‘फारम भरेपछि उसलाई स्वास्थ्य अधिकार दिलाईन्छ ।’ सरकारले स्वास्थ्यका क्षेत्रमा लागु गरेका कार्यक्रम प्रभावकारी गर्नका लागि संजालले काम गर्ने उनको भनाई छ ।


About Author
-मानसखण्ड