८९२ पटक हेरिएको
प्रकाशित: २०७४ मंसिर १६ , ००:०४ बजे

रबिन्द्र र उज्वलका उज्वल अनुहारहरु

Image

विश्व राजनितिलाई शूक्ष्म रुपमा हेर्दा कुरीति र अनैतिकता जस्ता शासन चलाइरहेका शब्दहरुलाई किनारा लगाउन थुप्रै कदमहरु चालिएका देखिन्छन् । मानव सभ्यताको विकाशक्रम संगै मानविय चेतनाको पनि विकास भएको पाइन्छ । नौलो पुस्ताको ठूलो समूहले चेतनशिल र विवेकशिल व्यक्तिको परिभाषा भित्र आफुलाई राख्न खोजिरहेको देखिन्छ । नेपालको सन्दर्भमा पनि ठूलो समूह बैचारीक र नैतिकवान राजनितिक संस्कारको पक्षमा उभिएको हामी सहजै देख्न सक्छौं भने अर्को तर्फ स्खलित राजनितिक चरित्र र उत्त दरिद्र चरित्रको चित्रमा फोहोरी रंग थपिरहेको अल्पज्ञानि भयङ्कर जमात समाज र राष्ट्रका लागि ठुलो हानिकारक बन्दै गइरहेको पनि देखिन्छ ।

नेतृत्व वर्गको उल्टो हिडाई र नैतिक धरातल भन्दा तलका गतिविधिहरुले गर्दा उनिहरु माथि बलिया प्रश्न चिन्हहरु खडा भइरहेका छन् । निष्ठाहिन, लुटतन्त्र र कमाउवादी राजनितिक संस्कारको विरुद्धमा उभिएका र विकल्पको पक्षमा गतिशिल देखिएको ठूला समूहको नेतृत्व के रबिन्द्र मिश्र र उज्वल थापाले गर्न सक्छन् त ? आम सचेत नेपालीहरुले यो प्रशंग र प्रश्न बलिया रुपमा उठाउन शुरु गरेको देखिन्छ ।

नैतिकताको खडेरी देखिएको समयमा केहि आश लाग्दा थोपाहरु मैदानमा झरेको देख्दा मिठो अनूभव हुन्छ । जून भरोसा नै गर्न नसकिए पनि आश गर्नु पर्ने पक्ष भने पक्कै हो । तर उत्त खडेरी संग मिसिएका ति थोपाहरुले आकार फैलाउँछन् अथवा खडेरी जस्तै सूकेर जान्छन् भन्ने विषय पनि गौण राख्नु पर्ने विषय होइन । यस्तो विचारहिन र निष्ठाहिन राजनितिक सेरोफेरोमा विवेकशिलता र नैतिकताले स्थान पाउनै पर्ने हुन्छ तर विवेकशिलता संगै जोडीएको उत्तिकै अग्रणि शब्द क्षमता पनि हो र क्षमताको बलियो जग भनेको अनूभव हो । जसकारणले रबिन्द्र र उज्वलहरुको बाटो कम चूनौतिमूलक छ भनेर भन्नु किमार्थ सही हुन नसक्ला ।

नैतिक र चरित्रवान खम्वाहरु रबिन्द्र मिश्र र उज्वल थापा हुन नै तर क्षमतावान भन्ने शब्दलाई यत्तिनै प्रभावशालि रुपमा भन्ने कि नभन्ने भन्ने विषय उनिहरुको अबको राजनितिक यात्रा र हिडाँइले तय गर्ने छ । रविकिरणहरु उज्वल र आश लाग्दा देखिन्छन् तर मडारीरहेको कालो वादलले कत्तिको प्रभाव पार्छ र उत्त बादलको प्रभावबाट कत्तिको बच्न सकिन्छ भन्ने विषय नयाँ अनुहारको लागि वास्तवमै विवेकशीलता देखाउनू पर्ने विषय हो ।

कूर्सिको वरिपरि घुमिरहेको राजनितिक नेतृत्वको लक्ष्य नै बलियो गरी कुर्सि समात्ने हो भन्ने हजारौं आधार र प्रमाण दिन सकिन्छन् । यस्तो किशिमको सक्ताको, पदको, स्वार्थको, नश्लिय राजनितिले देशलाई डुवाउँछ र डुवाइरहेको प्रशस्त रुपमा देख्न सक्छौं । विषम परिस्थितिबाट गुज्रिरहेको राजनिति संग जूध्न जुधारो नेतृत्व आजको अपरिहार्यता हो । यहिं जुधारो नेतृत्व सहितको सक्कली अनुहार र बाहिरी आवरण मात्र नभई साँच्चिकै सिस्टम, टा«न्सपरेन्सी, इन्टेग्रीटी र मेरोटोक्रेसी व्यावहारमा पनि देख्न पाउँ आम जागरुक नेपालिहरुको कामना हो ।

यही सिद्धान्त सहित राजनितिक मैदानमा उत्रिएका रबिन्द्र र उज्वलहरु यिनै मनोकामना पुरा गर्न सक्ने व्यक्ति बनून शुभकामना । त्यस्तै गरी डा. बाबूराम भट्टराईको जस्तो “हात्ति आयो हात्ति आयो फुस्स” नहोस शुभकामना । पत्रकार, लेखक, कवि, कलाकार र समाजसेवी लगायतका विभिनन सफल कोण वाट चिनिएका रबिन्द्रको नैतिकता र बौद्धिकता माथि प्रश्न चिन्ह उठाउने आधारहरु भेटीदैनन् ।

स्वतन्त्र पत्रकारीता पेशाबाट बलियो कलम चलाउँदै सफल र सवल पत्रकारको छवि बनाउँदै सफल राजनितिक यात्रि बन्न देखाएको साहस सह्रायिन छ । तर प्रश्न सोध्न र उत्तर दिनमा फरक भए जस्तै पत्रकारिता क्षेत्रको नेतृत्व र राजनैतिक नेतृत्व पनि नितान्त फरक विषय भएकाले उनका क्षमता, दृढता र आत्मविश्वास वढाउन सचेत व्यक्तिहरुले थप उर्जा दिनको निम्ति समर्थन गर्नु बिवेकी हुनेछ भन्ने मेरो व्यक्तिगत बूझाई हो ।

पात्र उज्वल थापाको पनि प्रवृति संग तूलना गर्दा उनि साँच्चिकै उज्वल दीप नै हुन साथै निष्टावान, देशभत्त र विकाश प्रेमि सक्कलि अनुहार हुन । शासन भन्दा महत्वपूर्ण विषय शासक त्यसैगरी नियम भन्दा महत्वपूर्ण पक्ष नियत भए पनि एउटा बलियो बैचारिक धरातलको बलियो आधार निर्माण गर्नु पर्ने नै हुन्छ बैकल्पिक शक्तिहरुले । ठोस एजेण्डा र नेताहरुले काठमाण्डौंबाट थानकोटको ओरालो नलाग्दा सम्म उनिहरु वास्तवमै जनता मुखि छन भनेर भन्न पक्कै पनि मिल्दैन । 

एकता प्रकृया भन्दा अगाडी त्यतिवेला उज्वल थापाले नेतृत्व गरेको विवेकशिल नेपाली दल ५÷६ वर्ष सम्म राजधानी केन्द्रित थियो भन्दा सायदै फरक पर्र्ला । अचेत अवस्थामा रहेको नेपालको राजनिति र बेमतलबको तुरीफुरी गरीरहेका नेता भनौदाको विकल्प खोज्न समय लगाएर बलियो जग बनाएरै जानू पर्छ भन्ने कुरालाई हात उठाएर समर्थन जनाए पनि त्यति बेलाको नेतृत्व माथि सानै भएपनि प्रश्न खडा गर्ने छिद्र भने छाडेकै हो ।

जोस, जाँगर र इच्छा शक्ति भएका लाखौं क्षमतावान बैद्धिक समूहले रबिन्द्रहरु प्रति ठूलो आश गरेका छन र त्यसैले बैचारिक र दुरदृष्टिले नेतृत्व बहन गर्ने कुरामा उनिहरुले पछी हट्नु हुदैन । बैकल्पीक शक्ति निर्माण गर्छु भनेर बाहिरी आवरण चम्किलो बनाई दौडीएका भट्टराईको ढुलमुले चरित्र र सस्तो लोकप्रियताको मोहले गर्दा उनि मात्र नभइ उनको अभियानमा साथ दिने लाखौं युवा, विद्यार्थी लगायतको सचेत वर्ग माथि पनि दुरदृष्टिताको प्रश्न चिन्ह खडा भएको छ । अरु पार्टीहरुलाई पुराना शक्ति भन्दै हिडिरहेका र कम्यूनिष्ट शासनले विकास सम्भव छैन भनेर बोलि रहने भट्टराईको हिजो अस्तीका गतिविधिहरुले उनि वैकल्पीक शक्तिको नेतृत्व गर्न सक्दैनन् भन्ने पक्का पक्की छ ।

भाले खानकै निम्ती काले कालेहरु मिलिरहेका दृश्यले उनिहरुको विचार दर्शनको धरातल भत्की सकेको प्रत्यक्ष देख्न सक्छौ । यीनै पात्रहरु गफनिति, छलनिति, धुत्र्याई साथै साम, दाम, दण्ड, भेदको प्रयोगद्वारा नेपाली समाजको मानसिकता सिमित बनाइ राखेका छन् । यहि मानसिकतालाई सिमितताको घेरा भित्र राखि विभिन्न काल्पनिक गफ र अपारदर्शि, आचारसंहिता विपरितका गतिविधीहरुबाट भोट कमाउने र कुर्सी जोगाउनमा व्यस्त देखिन्छन् यहि मनस्थिति परिवर्तन गर्ने पक्ष वैकल्पिक शक्तिहरुका लागि सवै भन्दा चुनौतीको विषय हो ।

जव सम्म नेपाली समाजको चेतनाको स्थर बृद्धि हुदैन तब सम्म रेल गुडाउने, स्वीजरल्याण्ड बनाउने, सुनको टुक्रा बनाउने कुरा नेतृत्वको अल्पज्ञान बाहेक अरु केही हुन सक्दैन । काल्पनीक घोषणा पत्र तयार गर्ने, परिवर्तनको व्याज खाएर आचारसंहिता विपरित चुनावी गतिविधीहरु गर्ने संस्कारले चुनाव लोकतन्त्रको बलियो पक्ष बन्न सकेनकी जस्तो आभाष भएको देखिन्छ । नयाँ अनुहारबाट यी यस्ता खराव आचरणहरु नदेखिएको हुनाले पनि बैकल्पिक राजनितिकको पक्षमा ठूलो जनमत देखिदै गएको छ ।

बुढा बुढा नेताहरु लठ्ठि टेकेर गाउँ गाउँमा भोट माग्न जाने संस्कार हाम्रै आँखा अगाडी चित्रित भएको पाउँछौ । उम्मेदवारी चयन प्रक्रिया हेर्दा पनि क्षमतावान महिला र युवाको सहभागिता हेर्दा पनि विवेकशिल साझा पार्टी विकल्पको पक्षमा छ भनेर बोल्ने सुभसंकेतहरु पाउन सकिन्छ । त्यसैैगरि पुराना पार्टीहरुको घोषणा पत्रहरु वास्तविकता भन्दा कोसौं टाढा र घोषणा पत्र भन्दा पनि आक्रोस पत्रको रुपमा छापिइरहँदा वैकल्पिक शक्तिले साधन अनुरुपको साध्य आफ्नो प्रतिवद्धता पत्रमा राख्नु एकदमै सकरात्मक पक्ष हो ।

राजनितिक सिस्टममा चल्नु पर्ने ठाउँमा हरेक सिस्टममा राजनिति चलेको दृश्य पक्कै पनि आपत्ती जनक हो । जस्ले गर्दा पेशा प्रतिको इमान्दारीता, मर्यादा उत्तरदायित्व, गुणस्तरता निरन्तर क्षयीकरण भई पुरै सिस्टम नै खोक्रो भन्दै गइरहेको विडम्बना हामी समक्ष उभिएको छ ।

Highlight Here “शैक्षिक उत्कृष्टता, स्वतन्त्र पत्रकारिता, पेशागत इमान्दारीताको निम्ति विवेकशिल साझा पार्टीले प्रेस यूनियन, प्राध्यापक संगठन र विद्यार्थी संगठन जस्ता भातृ संगठनहरु नखोल्ने भन्ने विधानले अरु पार्टी र नेतृत्वहरुसँग रबिन्द्र र उज्वलहरुको तुलना गर्नु हास्यास्पद मात्र हुनेछ ।”

अन्तमा, लाखौं विदेशिएका नेपालीहरु घर फर्किने वातावरण सिर्जना होस, प्राकृतिक स्रोत साधनहरुको पूर्ण सदुपयोग भई देश विकास र समृद्धि तर्फ लम्कीयोस, नियम जस्तै नेतृत्ववर्गहरुका नियतहरु सुधारिउन, नैतिक र समतामूलक समाज निर्माणमा नेतृत्ववर्गको स्पष्ट ध्यान पुगोस, नेपाली जनताहरु शान्ती र समृद्धिको वास्तविक अनुभुति गर्न पाउन, बैचारिक राजनितिक धार बलियो बनाउँदै हरेक व्यक्ति र नेतृत्वको अनुहार र चरित्र उज्वल होस ।