४१७२ पटक हेरिएको
प्रकाशित: २०७४ मंसिर ०७ , ११:२३ बजे

मेयरको नाटक , काठको कुर्सीमा बसेर ३० हजार खाने निर्णय

Image

महेन्द्रनगर । सरकारी सुविधा भन्दा जनताको सेवामा खटिने भन्दै सरकारी कुर्सीलाई छोडेर काठको कुर्सीमा बसेर चर्चा पाएका शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले ३० हजार खाने निर्णय गरेका छन्  ।

मेयरले नगर कार्यपालिकाको बोर्ड बैठकबाट नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र कार्यपालिकाका सदस्यलाई मासिक तलब दिने निर्णय गरेका हुन् । कात्तिक २८ गतेको नगर कार्यपालिकाको बैठकबाट मासिक तलब दिने निर्णय गरेको नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले बताए ।

‘कात्तिक २८ गते कार्यपालिकाको बैठकबाट नगर प्रमुख लगातयत कार्यकालिकाका सदस्यलाई मासिक तलब दिने निर्णय गरेको हो, नगरपालिकाको आन्तरिक र केन्द्रिय बजेटबाट तलब दिइन्छ्, मंसिर महिनादेखि लागु हुने गरि निर्णय गरेको छ’ उनले भने ।

कार्यपालिकाको बैठकले नगर प्रमुखलाई ३० हजार, उपप्रमुखलाई २५ हजार, वडा अध्यक्षलाई २० हजार र कार्यपालिकाका ८ जना सदस्यलाई १० हजार रुपैयाँ मासिक तलब दिने निर्णय गरेको उनले बताए । शुक्लाफाँटाका मेयर, उपमेयर, वडा अध्यक्ष र कार्यपालिकाका सदस्यले पदबहाली गरेदेखि लागुहुने गरि तलब तथा सेवा सुविधा दिने निर्णय कार्यपालिकाबाट गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार नगर प्रमुख दिलबहादुर ऐरको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बोर्ड बैठकबाट मासिक तलब दिने निर्णय गरिएको हो ।

‘यस अघि पनि नगरपालिकाबाट सञ्चार र यातायात खर्च भनेर सेवा सुविधा लिदै आएका थिए, अहिले मासिक तलब नै खाने निर्णय गरेका छन् ।’ स्रोतले भन्यो । स्थानिय निर्वाचनबाट निर्वाचित भएलग्तै नगर कार्यपालिकाबाट मेयर, उपमेयर, वडा अध्यक्ष र कार्यपालिकाका सदस्यहरुलाई सञ्चार र यातायात खर्च भनेर क्रमशः २ हजार ५ सय, २ हजार, १५ सय र १ हजार रुपैयाँ दिने निर्णय गरिएको नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले बताए । ‘सञ्चार र यातायात खर्च दिने निर्णय पहलिा नै गरेको हो, जनताको काम गर्न जनताको माझँमा जान आवश्यक पर्ने भनेर यातायात र सञ्चार खर्च छुटाएको हो’ उनले भने ।

नगर कार्यपालिकाका सदस्य लगायतको सहमतिमा मेयर, उपमेयर, वडा अध्यक्ष र कार्यपालिकाका सदस्यलाई मासिक तलब लिने निर्णय गरेको नगर प्रमुख दिलबहादुर ऐरले बताए । ‘सबैले मासिक तलब हुनुपर्ने माग गरेपछि तलब लिने निर्णय गरेका हौ, केहिले विवाद जनाएका छन्, स्थानिय स्रोत अनुसार कानुन बनाएर तलब खाने निर्णयले गरेका हौं, यसले पूर्णता पाएको छैन्’ उनले भने ।

शुक्लाफाँटामा १२ वटा वडा ४८ जना वडा सदस्यले भने बैठकका दिनको ५ सय भत्ता मात्र पाउने गरी निर्णय गरिएको छ । तर, वडा सदस्यहरुले मासिक तलब भने नपाउने नगरपालिकाका कायकारी अधिकृत शेरबहादुर बुढाले बताए । शुक्लाफाँटा नगरवासीले तिरेको आन्तरिक करबाट वार्षिक ४७ लाख ४० हजार व्याय भार थपिने भएको छ । यस अघि शुक्लाफाँटा नगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा रहेको सरकारी कुर्सी हटाएर आफ्नो लागि घरबाट काठको कुर्सी लिगेर चर्चामा आएका थिए ।

सुविधासम्पन्न कुर्सीभन्दा जनताको जनप्रतिनिधिको हैसियतले जनताको कामलाई प्राथमिकतामा राखेर दिनरात काम गर्ने उनले बताएका थिए । तर, अहिले नगर प्रमुख ऐर नगरपालिकाको सरकारी स्रोत साधानको दुरुपयोग गर्दै आएका छन् ।