२४५ पटक हेरिएको
प्रकाशित: २०७४ कार्तिक ३० , ०९:४२ बजे

पेस्तोलसहित एक व्यक्ति पक्राउ

Image

धनगढी । धनगढी उपमहानगरपालिका–७ को धनगढी गाउँबाट गएराति प्रहरीले एकजनालाई नलकटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।

धनगढी वडा नम्बर ८ क्याम्पस रोड बस्ने राकेश चौधरीलाई राति १० बजेको समयमा शंका लागी गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले बताए ।

उक्त पेस्तोल सीमापारिबाट ल्याइएको हुनसक्ने र घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रवक्ता बुढामगरले बताए । लागुऔषधको कारोबारमा संलग्न रहेको भनिएका राकेश प्रहरीको खोजी सूचीमा रहेको जनाइएको छ ।


About Author
-रासस

राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार एजेन्सी हो । यो नेपाल सरकारको पूर्ण स्वामित्व रहेको संस्थान हो ।