११६६ पटक हेरिएको
प्रकाशित: २०७४ कार्तिक २७ , ०२:५४ बजे

बाम गठबन्धनका उम्मेदवार गाउँ गाउँमा

Image

महेन्द्रनगर । मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बाम गठबन्धनका उम्मेदवार तथा कार्यकर्ता भोट माग्न कञ्चनपुरका ३ वटै निर्वाचन क्षेत्रका गाँउ गाउँ पुगेका छन् । बाम गठबन्धनका उम्मेदवारहरु चुनावी एजेण्डा लिएर केन्द्रिय नेता, जिल्ला स्तारका नेता र कार्यकर्ताको साथमा आ आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचार प्रसारका लागि पुगेका हुन् ।

कञ्चनपुरको ३ वटै निर्वाचन क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार, कार्यकर्ता र नेताहरु चुनावी प्रचार प्रसारको तयारी गरीरहेको निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपकप्रकाश भट्टले बताए । ‘हामी प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार चुनावी प्रचार प्रसारको गाउँ गाउँमा पुगेका छौं, नेकपा एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता को साथमा निर्र्वाचन क्षेत्र नम्बर ३ मा चुनावी प्रचार प्रसार गरिरहेका छौं’ उनले भने ।

चुनावी प्रचार प्रसारको पहिलो चरण अन्तर्गत निर्वाचन क्षेत्र नम्बर ३ का सबै वडामा बाम गठबन्धनको सँयुक्त वडा कार्यालय स्थापना गरिसकेको उनले बताए । ‘निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने भीमदत्त नगरपालिका, महाकाली नगरपालिकाका र बेदकोट नगरपालिको ८ नम्बर वडामा सम्पर्क वडा कार्यालय खोलि सकेका छौं’, उनले भने । निार्वचन क्षेत्र नम्बर ३ मा बाम गठबन्धनले सँयुक्त रुपमा अइतबारदेखि घर दैलोमा कार्यक्रम गर्ने उनले बताए । ‘आइतबारबाट संयुक्त रुपमा घरदैलोमा चुनावी एजेण्डा लिएर जान्छौं, विकास र समृद्धिका लागि आफ्नो कार्यकालमा गर्ने योजना जनताको माझँ राख्छौ’ उनले भने ।

निर्वाचन क्षेत्र नम्बर १ र २ का प्रतिनिधि र प्रदेश सभाको उम्मेदवार पनि चुनावी प्रचार प्रसारमा खटिएका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा बाम गठबन्धनका उम्मेदवार वडा स्तरीय भेला र घरदैलो कार्यक्रम गरिरहेका छन् । शनिवार क्षेत्र नम्बर २ को कृष्णपुर नगरपालिकाको वडा नम्बर २ को बंक, वडा नम्बर ८ र ९ मा वडा स्तरीय संयुक्त कार्यकर्ता भेला गरेको निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार नरबहादुर धामीले बताए ।

‘क्षेत्र नम्बर २ मा चुनावी प्रचार प्रसार र घर दैलो कार्यक्रम गरिहरेका छौं’ उनले भने । चुनावी प्रचार प्रसार अभियानमा प्रदेश सभाका उम्मेदवार महेशदत्त जोशी, लालबहादुर खड्का र सामानपातिक सदस्यका उम्मेदवार देवीलाल चौधरी लगायत जिल्ला स्तरका नेता, केन्द्रिय नेता र नेकपा एमाले र माओबादी केन्द्रका कार्यकर्ताका चुनावी अभियानमा सहभागी भइरहेको उनले बताए । निर्वाचन क्षेत्र नम्बर १ मा बाम गठबन्धनका उम्मेदवारले कार्यकर्ता भेलालाई तिब्रता दिएको छ ।

नेकपा एमाले र माओवादी केन्द्र नेता, कार्यकता र उम्मेदवार चुनावी रणनिति बनाउने कार्यमा व्यस्त रहेको निर्वाचन क्षेत्र नम्बर १ का प्रदेश सभाका उम्मेदवार तारालामा तमाङले बताए । ‘अहिले कार्यकर्ता भेटघाटमा छौं, चुनावी रणनिति तयार गरेर घर दैलो कार्यक्रम गर्छौ’ उनले भने ।                                    


About Author
-मानसखण्ड