८६४ पटक हेरिएको
प्रकाशित: २०७४ आश्विन ०८ , १८:४३ बजे

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भट्ट सम्मानित

Image

महेन्द्रनगर । राष्ट्रिय फोटो पत्रकार समुह कञ्चनपुरले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य श्याम भट्टललाई सम्मान गरेको छ । आइतबार फोटो पत्रकार समुह कञ्चनपुरले महेन्दनगरमा एक कार्यक्रमका विच सम्मान गरेको हो ।

फोटो पत्रकार समुह कञ्चनपुरका अध्यक्ष प्रकास भट्टले प्रसंसा पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य श्याम भट्टले पत्रकार हक हितका लागि महासंघबाट भूमिका निर्वाह गर्ने बचन दिए । फोटो पत्रकार समुह कञ्चनपुरका सह–सचिव भाष्कर केसीले स्वागत मन्तव्य राखेका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयका उप प्राध्यापक उमाकान्त जोशी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष टेक बहादुर चन्द बिशिष्ठ अथिति रहेका थिए । फोटो पत्रकार समुह कञ्चनपुरका सचिव राजेन्द्र विष्टले संचालन गरेको कार्यक्रममा कञ्चनपुरका पत्रकार लगायतको सहभागिता रहेको थियो ।


About Author
-मानसखण्ड

सम्बन्धित