११९५ पटक हेरिएको
प्रकाशित: २०७४ आश्विन ०३ मंगलबार, ०६:४७ बजे

कञ्चनपुरका खेलाडी बक्सिङको क्वार्टरफाइनलमा

Image

महेन्द्रनगर । योङ स्टार बक्सिङ कल्बको आयोजनामा काठमाडौंमा जारी गणेशमान स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितमा कञ्चनपुरका बक्सिङ खेलाडी महेन्द्र चन्द र रामबहादुर थापा क्वार्टरफाइनलमा पुगेका छन् ।

५६ केजी समूहमा कञ्चनपुर जिल्लाका बक्सिङ खेलाडी महेन्द्र चन्दले मकवानपुरका अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी सुसन मानन्धरलाई पराजित गर्दै फाइनल प्रवेश गरेको कञ्चनपुरका बक्सिङ प्रशिक्षक हरिशबहादुर चन्दले बताए ।

उनका अनुसार ६० केजी तौल समूहमा कञ्चनपुरका बक्सिङ खेलाडी रामबहादुर थापा क्वार्टरफाइनलमा पुगेका छन् ।
केन्द्रीय बक्सिङ क्लबका खेलाडी बुलेट शेर्पालाई पराजित गर्दै उनी क्वार्टरफाइनलमा पुगेका छन् ।


About Author
-मानसखण्ड