७२५ पटक हेरिएको
प्रकाशित: २०७४ आश्विन ०३ , ०६:३८ बजे

बझाङमा खुला भलिबल प्रतियोगिता हुने

Image

बझाङ । बझाङको प्रशिद्ध मेला शिलदेवीको अवसर पारी बझाङ उद्योग वाणिज्य संघले महिला पुरुष खुला भलिबल प्रतियोगिता र डेउडा प्रतियोगिता गर्ने भएको छ ।

असोज १८ गतेबाट सुरु हुने भलिबल प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टीमलाई १ लाख १ हजार रुपैयाँ, द्वितीयलाई ७१ हजार रुपैयाँ तोकिएको बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए । पुरुषका लागि टीम दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ भने महिलाको हकमा २ हजार रुपैयाँ तोकिएको छ । बझाङ जिल्लामै बढी धनराशिको पुरस्कारको व्यवस्थाका साथ खेल सञ्चालन गरिन लागिएको उनले बताए ।

महिला खुला भलिबल प्रतियोगिताका लागि प्रथम पुरस्कार २० हजार रुपैयाँ, द्वितीय १५ हजार रुपैयाँ र तृतीय १० हजार रुपैयाँ रहेको छ । शिलदेवी मेलाको अवसर पारी खुला देउडा प्रतियोगिताको आयोजना समेत गरिएको उद्योग वाणिज्य संघले जनाएको छ ।

जसअनुसार डेउडा प्रतियोगितामा भाग लिन चाहने डेउडा खेलाडीले नाम दर्ता गराउन ५ सय रुपैयाँ ताकिएको छ । देउडा प्रतियोगितामा प्रथम हुनलाई १५ हजार रुपैयाँ, द्वितीयलाई १० हजार रुपैयाँ र तृतीय हुनेलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । कोजाग्रत पूर्णिमाको दिनबाट सुरु हुने मेला ३ दिनसम्म चल्ने गर्छ ।