८१४ पटक हेरिएको
प्रकाशित: २०७४ आश्विन ०२ सोमबार, ०७:२९ बजे

बेदकोटमा टी–ट्वान्टी आदर्श कप हुने

Image

महेन्द्रनगर । बेदकोट नगरपालिकामा टी–ट्वान्टी आर्दश कप २०७४ हुने भएको छ ।

आदर्श युवा समाजको आयोजनामा बेदकोट नगरपालिका–१ हात्तिथलामा असोज ५ गतेदखि १३ गतेसम्म क्रिकेट प्रतियोगिता हुने आदर्श युवा समाजका अध्यक्ष विरेन्द्र बोहराले बताए ।

‘क्रिकेट प्रतियोगिता प्रथम पटक यसपालि आयोजना गरिएको हो, अब प्रत्येक वर्ष टी–ट्वान्टी आदर्श कप हुन्छ,’ उनले भने, ‘प्रतियोगिता खुला हो, सबैले सहभागिता जनाउन सक्ने छन् ।’

प्रतियोगितामा प्रथम हुनेलाई १० हजार रुपैयाँ र द्वितीय हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।


About Author
-मानसखण्ड