५०० पटक हेरिएको
प्रकाशित: २०७४ आश्विन ०२ , ०७:२६ बजे

हिमालयन र कैलाली जिल्ला क्रिकेट एकेडेमी विजयी

Image

महेन्द्रनगर । महेन्द्रनगरमा जारी स्व. पत्रकार कर्ण बोहरा स्मृति कप क्रिकेट अन्तर्गत आईतबार भएको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमी ‘ए’ काठमाडौंले जित हात पारेको छ ।

खुलामञ्चमा भएको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमी ‘ए’ काठमाडौंले केदार इलेभन कञ्चनपुरलाई पराजित गर्दै जित दर्ता गरेको हो । पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १ सय ५१ रन जोडेको थियो ।

प्रतिउत्तरमा केदार इलेभन कञ्चनपुरले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ४८ रन मात्र जोड्न सक्यो । हिमालयन क्रिकेट एकेडेमी ‘ए’ काठमाडौंका लागि अरुण ऐरीले ३९ रन र आयुष्मान बमले ३१ रनको योगदान दिए ।

आईतबार नै भएको दोस्रो खेलमा कैलाली जिल्ला क्रिकेट एकेडेमी विजयी भएको छ । टस जितेर ब्याटिङ गरेको कैलालीले टीम चौराह धनगढीलाई ५७ रनले पराजित गरेको हो । निर्धारित २० ओभरको समाप्तिमा ७ विकेटको नोक्सानीमा कैलालीले १ सय ७५ रन जोड्यो ।

१ सय ७६ रनको लक्ष्य पाएको टीम चौराहाले १६ ओभरमा अलआउट हुँदै १ सय १८ रन मात्रै जोड्न सक्यो । खेलका ‘म्यान अफ द म्याच’ कैलाली जिल्ला क्रिकेट एकेडेमीका मिनास थापा घोषित भए । उनले ३४ बल मा ६७ रन बनाएका थिए ।


About Author
-मानसखण्ड