३९२ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र २५ , २१:५६ बजे

स्वर्गीय पत्रकार कर्ण बोहरा स्मृती कपमा कञ्चनपुर क्रिकेट एकेडेमीले विजयी

Image

 महेन्द्रनगर । स्वर्गीय पत्रकार कर्ण बोहरा स्मृती कप २०७४ क्रिकेट प्रतियोगितामा कञ्चनपुर क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेको छ ।

आइतबार भएको पहिलो खेलमा कैलाली क्रिकेट एकेडेमीलाई १ सय २३ रनले पराजित गर्दै कञ्चनपुर क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको कञ्चनपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षेतीमा १ सय २ रन बनाएको थियो । भीम सार्कीले ७५ रनको महत्वपुर्ण पारि खेले ।

सुशील खड्काले २ रनको योगदान दिए । १ सय ८३ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेको कैलाली क्रिकेट एकेडेमी १६ ओभरमा सबै विकेट गुमाउदै ५९ रनमा समेटियो । भीम सार्कीले ३, रावल भण्डारीले, विकास आग्री र निरज पोख्रेलले समान २÷२ विकेट लिए ।

पहिलो खेलमा भीम सार्की म्यान अफ द म्याच घोषित भए । सोमबार हुने पहिलो खेल कैलाली जिल्ला क्रिकेट एकेडेमीका बिरुद्घ केदार ११ महेन्द्रनगर र दास्रो खेल स्पार्क एकेडेमीका बिरुद्घ हिमालयन क्रिकेट एकेडेमी काठमाण्डौ बिच खेल हुने छ ।  


About Author
-मानसखण्ड