७३७ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र २५ , २१:४६ बजे

यार्सागुम्बासहित भारतीय नागरिक पक्राउ

Image

दार्चुला। एक सय ग्राम अवैध यार्सागुम्बासहित दुईजना भारतीय नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट यार्सागुम्बासहित नेपालतर्फ आउँदै गरेका भारतीय नागरिक १९ वर्षीय अनुप नगन्याल र १७ वर्षीय मन्नु राठौरलाई प्रहरीले पक्राउ गरेको हो ।

दुवैजनालाई सदरमुकाम खलंगास्थित नेपाल भारत सीमामा रहेको झोलुङ्गे पुलमा जाँचका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि अपीनाम्पा संरक्षण क्षेत्रको कार्यालयलाई बुझाइएको छ । रासस


About Author
-रासस

राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार एजेन्सी हो । यो नेपाल सरकारको पूर्ण स्वामित्व रहेको संस्थान हो ।