५८२ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र २४ , १८:५३ बजे

‘विपीको मार्ग दर्शनलाई नेपाली काँग्रेसले विर्सदै’

Image

बझाङ । नेपाली काँग्रेसले विपी जयन्तीको अबसरमा बझाङ जिल्ला अस्पतालका विमारीलाई फलफुल वितरण गरेको छ ।

अस्पतालका ५० भन्दा बढी विरामीलाई फलफुल वितरण गरिएको विपी चिन्तन प्रतिष्ठानका संयोजक मोतीलाल उपाध्यायले बताए । ‘स्वर्गीय विपी कोईरालाको आदर्श चिन्तन र समाजबादी विचारको सम्मान गर्दै उनको सम्झनामा फलफुल वितरण गरेका हौं’उनले भने ।

पूर्व युवा तथा खेलकुद राज्य मन्त्रि नरेशबहादुर सिंह, पार्टीका जिल्ला सभापति पृथ्वीबहादुर सिंह र नेता चेतराज बजाले अस्पतालका बिरामीलाई फलफुल वितरण गरेका थिए ।

विपी चिन्ततन प्रतिष्ठानको आयोजनामा शनिबार भएको विचार विमोर्शमा अधिकांश नेताहरुले नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाको मार्ग दर्शनलाई कांग्रेस पार्टीले विर्सदै गएकोमा चिन्ता ब्यक्त गर्दै उनको आदर्श अनुसरण गर्नुपर्नेमा जोड दिएका छन् ।