७०५ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र २४ , १५:३१ बजे

राजमोको चुनावी समिक्षा भेला सम्पन्न

Image

महेन्द्रनगर । राष्ट्रिय जनमोर्चा शुक्लाफाँटा नगर समितिले स्थानिय तहको चुनावको समिक्षा गरेको छ ।

चुनावी समिक्षा भेलामा चुनाव सम्बन्धी र पार्टीका अगामी कार्यक्रमको बारेमा छलफल गरेको राष्ट्रिय जनमोर्चा शुक्लाफाँटा नगर समितिका संयोजक विरबहादुर बोहराले बताए । भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लोकेन्द्र लम्साल, जिल्ला सचिव राम बहादुर कार्की, अखिल(छैठो) केन्द्रिय सचिव महेश जोशी, नेता जनक कुँवरले मन्तव्य राखेका थिए ।

समितिले विरबहादुर बोहराको संयोजकत्वमा १५ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ । समतिको सह संयोजक जगदिश रोकाया,सदस्यमा गुद्ध विक,शंकरबहादुर विष्ट,कलावती कुवर, गौरी लुहार, भानबहादुर कार्की, लक्ष्मी विष्ट, विष्णु पन्त, खुषिराम राना, कलीदेवी चौधरी र प्रेम राना रहेका छन् । राष्ट्रिय जनमोर्चाले असोज ३ गते भेला गर्ने जनाएको छ । 


About Author
-मानसखण्ड

सम्बन्धित