७५८ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र १३ , ०७:१२ बजे

सेवक नेपालद्वारा सरसफाई सामग्री वितरण

Image

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका १० वटा विद्यालयमा गठित बाल क्लबलाई सेवक नेपालले सरसफाई र खेलकुदका सामग्री वितरण गरेको छ ।

भीमदत्त नगरपालिकाका १० वटा सरकारी विद्यालयमा सेवक नेपालले गठन गरेका बाल क्लबलाई ५ डस्टविन, ५ डस्टपिटर, ५ झाडु, भलिबल, भलिबल जालि (मेट), फुटबल, ५ रजिस्टर लगायतका सामग्री प्रत्येक क्लबलाई वितरण गरेको सेवक नेपाल कञ्चनपुरका वास सहजकर्ता रुक्मिणी केसीले बताइन् ।

उनका अनुसार भीमदत्त नगरपालिका १८, १५, १९, ११, १२, ९, ३, ६ र ८ स्थित क्रमशः अमर सहिद आधारभूत विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय, सिद्धनाथ आधारभूत विद्यालय, महाकाली जनज्योति आधारभूत विद्यालय, सरस्वती उच्च माध्यमिक विद्यालय, महेश्वर मावि, बैजनाथ सिद्धनाथ मावि, गौरीशंकर आधारभूत विद्यालय, त्रिवेणी आधारभूत विद्यालय र त्रिवेणी माध्यमिक विद्यालयमा गठित क्लबलाई सामग्री वितरण गरिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र साविक देखतभूलि गाविस गरी ४५ वटा विद्यालयमा गठित क्लबलाई चाँडै सरसफाई र खेलकुदका सामग्री वितरण गरिने उनले बताए । क्लबमा आवद्ध रहेका विपन्न तथा गरीब बालबालिकाको सरसफाई गर्ने बानीको विकास गर्न सामग्री वितरण गरिएको उनले बताए ।

 


About Author
-मानसखण्ड