७४१ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र ०७ , ०७:४२ बजे

भारतबाट आयात हुने खाद्यान्नको अनुपात वर्षेनी बढ्दै

Image

महेन्द्रनगर। पश्चिमी सीमा नाका गड्डाचौकी नाका हुँदै भारतबाट आयात हुने खाद्यान्नको अनुपात वर्षेनी बढ्दै गएको छ ।


कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका अनुसार पछिल्लो ३ वर्षमा मात्र कञ्चनपुरमा ३ हजार १ सय ७५ हजार क्वीन्टल खाद्यान्न आयात भएको छ । भन्सार कार्यालयका सूचना अधिकारी नाथप्रसाद सापकोटले आर्थिक वर्ष २०७१/७२ मा गड्डाचौकी नाकाबाट ७ लाख ५१ हजार २२ रुपैयाँ बराबरको १ सय १० क्वीन्टल खाद्यान्न आयात भएको बताए ।

आर्थिक वर्ष २०७२/७३ मा उक्त आयात बढेर झन्डै १० गुणा बढी अर्थात् १ हजार ७३ क्वीन्टल खाद्यान्न आयात भएको सूचना अधिकारी सापकोटाले बताए । ‘उक्त खाद्यान्न ८२ लाख १३ हजार २ सय ९८ रुपैयाँ मूल्य बराबरको रहेको थियो,’ उनले भने ।

गत आर्थिक वर्ष २०७३/७४ मा अघिल्लो आर्थिक वर्ष ०७२/७३ भन्दा दोब्बर खाद्यान्न आयात भएको छ । सूचना अधिकारी सापकोटाले गत आर्थिक वर्षमा १ हजार ९ सय ९२ क्वीन्टल खाद्यान्न कञ्चनपुर भित्रिएको बताए । जुन १ करोड ३७ लाख ५० हजार १ सय ८८ रुपैयाँ मूल्य बराबरको रहेको उनले जानकारी दिए ।

गड्डाचौकी नाकाबाट दाल, मकै, गँहुको पिठो, सुजी लगायतका खाद्यान्नका परिकार आयात हुने गरेको जनाइएको छ ।

 


About Author
-मानसखण्ड

सम्बन्धित