९१० पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र ०५ , ०९:१४ बजे

कञ्चनपुरमा साढे ३२ हजार मतदाता थप

Image

महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालयले साउन १ गतेदेखि सञ्चालन गरेको फोटोसहितको नामावली दर्ता तथा अद्यावधिक कार्यक्रमबाट कञ्चनपुरमा साढे ३२ हजार बढी मतदाता थप भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका कम्प्यूटर अपरेटर कमल शर्माले निर्वाचन कार्यालय र जिल्लाका सबै स्थानीय तहमा सञ्चालन भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रमबाट ३२ हजार ५ सय २६ मतदता थप भएको बताए । उनका अनुसार थपिएका मतदातामध्ये १८ हजार १ सय ८२ महिला र १४ हजार ३ सय ४४ पुरुष रहेका छन् । कञ्चनपुरमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागिता जनाउने मतदाताको संख्या साढे २ लाखभन्दा बढी पुगेको छ ।

पछिल्लो पटक असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा २ लाख ३५ हजार ७ सय ३५ मतदाता रहेकोमा अब त्यो संख्या बढेर २ लाख ६८ हजार २ सय ६१ पुगेको जिल्ला निर्वाचन कार्यालयका कम्प्यूटर अपरेटर शर्माले बताए ।