६२८ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र ०२ , १२:२३ बजे

पहलमानपुरमा बाढीपीडित विद्यार्थीलाई राहात वितरण

Image

पहलमानपुर। कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा रहेको नवज्योति विद्या मन्दिरले बाढी पीडित विद्यार्थीलाई राहत स्वरुप शैक्षिक सामग्री वितरण गरेको छ ।

विद्यालयमा अध्ययनरत ३ सय २० जना विद्यार्थीलाई राहात स्वरुप शैक्षिक सामग्री वितरण गरिएको विद्यालयका संस्थापक एवम् प्रधानाध्यापक कुलप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार भुम्लीभाकल र खल्ला क्षेत्रका बाढीपीडित तथा डुबान प्रभावित क्षेत्रका विद्यार्थीलाई राहात वितरण गरिएको हो । विद्यालयमा नर्सरीदेखी १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई प्रतिविद्यार्थी ५ कापी, ५ मेन्सिल र १/१ पानी पिउने बोतल वितरण गरिएको उनले बताए ।

झन्डै १ लाख ३४ हजार मूल्य बराबरको शैक्षिक सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ । राहत वितरण कार्यक्रममा बोल्दै स्थानीय एव्म बुद्धिजीवि इन्द्रलाल भण्डारीले राहात स्वरुप विद्यार्थीलाई शैक्षिक समाग्री प्रदान गरिएकोमा धन्यवाद दिएका छन् ।


About Author
-मानसखण्ड