५०८ पटक हेरिएको
प्रकाशित: २०७४ भाद्र ०२ , ११:२३ बजे

विपद्मा परेकालाई कांग्रेस कञ्चनपुरले सहयोग गर्ने

Image

महेन्द्रनगर। नेपाली कांग्रेस कञ्चनपुरले प्राकृतिक विपद्मा परेका परिवारको राहातका लागि सहयोग गर्ने निर्णय गरेको छ ।

नेपाली कांगेस जिल्ला कार्यसमितिले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विपद्मा परेका परिवारका लागि प्रधानमन्त्री राहत कोषमार्फत् यथाशक्य सहयोग गर्ने निर्णय गरिएको जनाएको छ । जिल्ला कार्यसमिति कञ्चनपुरले कैलाली, झापा, सुन्सरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी लगायतका जिल्लामा बाढी, पहिरो र डुवानबाट प्रभावित भएकाहरूको लागि प्रधानमन्त्री राहत कोषमा यथाशक्य सहयोग गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरका सभापति हरिप्रसाद बोहराद्वारा हस्ताक्षरित विज्ञप्तिमा बाढीपहिरो तथा डुवानमा परेको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी मृतकका परिवारलाई आर्थिक सहयोग, घाइतेको उचित उपचार र प्राकृतिक प्रकोपमा परेकालाई सम्माजनक राहत उपलब्ध गराइदिन सरकारसँग अपिल गरिएको छ ।