८०७ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ३२ , ०९:४२ बजे

रेडियो महाकालीलाई संस्थागत शिक्षा पत्रकारिता पुरस्कार

Image

महेन्द्रनगर । नेपाल पत्रकार महासंघले हरेक वर्ष प्रदान गर्ने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार’का लागि यस वर्ष ७ नम्बर प्रदेशबाट कञ्चनपुरको रेडियो महाकाली र बाजुराको रेडियो बाजुरा छनौट भएका छन् ।

नेपाल पत्रकार महासंघका महासचिव उजुर मगरले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७३ तर्फ रेडियो महाकाली र बाजुरा छनौट भएको जानकारी दिए । दुबै रेडियोले संयुक्त रुपमा २५ हजार रुपैयाँ पुरस्कार राशी पाउने बताइएको छ ।यसैगरी, प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७३ तर्फ ७ नम्बर प्रदेशबाट गोरखापत्रका डोटी संवाददाता डिलबहादुर सिंह र नयाँपत्रिका दैनिकका कैलाली संवाददाता तेजराज भट्ट छनौट भएका छन् ।

पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ । बैतडीका पत्रकार नरी बडु र कैलालीका दुर्गा देवकोटले संयुक्त रुपमा ‘शिक्षा लेखनवृत्ति–२०७३’ का लागि छनौट भएका छन् । पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


About Author
-मानसखण्ड