१०७८ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ३० सोमबार, ०९:०२ बजे

बेदकोटको बजेट ४५ करोड बढी

Image

महेन्द्रनगर। कञ्चनपुरको बेदकोट नगरपालिकाले चालू आर्थिक वर्ष २०७४÷७५ का लागि ४५ करोड रुपैयाँ बढीको अनुमानित बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको आईतबार भएको पहिलो नगर सभामा चालू आर्थिक वर्षको बजेट वक्तव्य पेश गर्दै नगर उपप्रमुख सुशिला सिंहले ४५ करोड ५५ लाख ४४ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरिन् । नगरपालिकाले चालू खर्चतर्फ ५ करोड ५० लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ १९ करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

वित्तीय समानीकरण अन्तर्गत २५ करोड ९ लाख रुपैयाँ, सशर्त अनुदान ९ करोड ९३ लाख रुपैयाँ, आन्तरिक आयतर्फ ८० लाख रुपैयाँ सामाजिक सुरक्षा भत्तातर्फ ८ करोड अनुमान गरिएको छ ।


About Author
-मानसखण्ड