५६२ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २७ , १८:३६ बजे

जिल्ला समन्वय समिति बझाङमा एमाले निर्विरोध

Image

बझाङ । जिल्ला समन्वय समिति बझाङको प्रमुख/उपप्रमुख लगाएत सबै पदमा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको छ ।

शुक्रबार भएको मनोनयन प्रक्रियामा अन्य कुनै पनि दलको मनोनयन दर्ता नभएपछि एमालेको पुरै प्यानल निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पुर्णप्रशाद बास्तोलाले बताए । उनका अनुसार जिल्ला समन्वय समितिको प्रमुखमा खड्क बहादुर खड्का र उपप्रमुखमा भागरथी अवस्थी निर्विरोध निर्वाचित भएकी छिन् ।

समितिको सदस्यमा सरस्वती बोहरा, मेनका साउंद, बिनिता सार्की, गजेन्द्रबहादुर सार्की, जन्मेजय जोशी, डबलबहादुर बोगटी र पदम धामी निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिमा निर्वाचित प्रमुख/उपप्रमुख र सदस्यलाई शुक्रबार नै शपथ ग्रहण गराईएको उनले बताए ।