८०० पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २७ , ०९:४१ बजे

परशुरामधाम प्रचारप्रसारको अभावले ओझेलमा

Image

डडेल्धुरा। डडेल्धुराको भित्रिमधेश क्षेत्रमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल परशुरामधाम प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

परापूर्वकालमा विष्णुका अवतार मानिने परशुरामले तप गरेको क्षेत्रका रुपमा परिचित महाकाली नदीसँगै रहेको परशुरामधाम ओझेलमा परेको भन्दै स्थानीय बासिन्दाले गुनासो व्यक्त गरेका छन् । सरोकारवाला निकायबाट संरक्षण, सम्वद्र्धन र प्रचारप्रसारमा खासै चासो नदिइएको स्थानीय समाजसेवी रामसिंह ठकुराठीले बताए ।

धार्मिक र पर्यटकीय रुपमा निकै मनोरम दृश्य भएको परशुरामधामको प्रचारप्रसार तथा संरक्षण सम्वद्र्धनमा सरोकारवाला निकायसँग बेलाबेलामा आग्रह गर्दा कुनै चासो नदिएको स्थानीयको भनाई छ । परशुरामधामको विकासका लागि दीर्घकालीन गुरुयोजना बनाई प्रचारप्रसारका लागि सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने स्थानीयको सुझाव छ ।

 


About Author
-मानसखण्ड