९९३ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २६ , ०९:३४ बजे

विदेशमा रहेका युवाले रकम संकलन गरी विद्यालयलाई कम्प्यूटर

Image


महेन्द्रनगर । रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका कञ्चनपुरको बेदकोट नगरपालिका–१ का ९ जना युवाले रकम संकलन गरी सिद्धनाथ प्राथमिक विद्यालयलाई कम्प्यूटर प्रदान गरेका छन् ।

संकलित ९३ हजार ३ सय रुपैयाँ बराबरका ५ थान कम्प्यूटर खरिद गरेर वडा अध्यक्ष हरि गिरीको रोहवरमा रकम संकलन गर्ने युवाका अभिभावकले विद्यालयलाई हस्तान्तरण गरेका छन् । विद्यालयलाई हस्तान्तरित कम्प्यूटरमा दक्षिण कोरियामा रहेका डिके बोहराले २० हजार १ सय ३५ रुपैयाँ, कतारमा रहेका दिपेन्द्र जोशीले २० हजार २० रुपैयाँ, हर्कबहादुर खड्काले १२ हजार रुपैयाँ, करनबहादुर जागरीले ११ हजार १ सय ८६ रुपैयाँ, कुवेतमा रहेका राजेन्द्र धानुकले ११ हजार ३ सय ५८ रुपैयाँ सहयोग गरेका हुन् ।

युएईमा रहेका प्रकाश पाण्डेयले ६ हजार रुपैयाँ, मलेसियाबाट कृष्णबहादुर धामीले ५ हजार रुपैयाँ तथा भारतबाट मनबीर जागरी र नरेन्द्र भण्डारीले क्रमशः ५ हजार र २ हजार ५ सय रुपैयाँ विद्यालयलाई सहयोग स्वरुप पठाएका थिए ।


About Author
-मानसखण्ड