६०४ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २६ , ०९:२६ बजे

आदर्शका २ सय बालबालिकालाई छात्रवृत्ति

Image

सिलगढी । आर्थिक अवस्था कमजोर भएका डोटीको आदर्श गाउँपालिकाका २ सय बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय डोटीको समन्वय तथा वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा सामुदायिक विकास केन्द्र डोटीको आयोजनामा छात्रवृत्ति वितरण गरिएको हो । छात्रवृत्ति आधारभूत तहका बालबालिकालाई विद्यालय शिक्षा पूरा गराउन टेवा पुर्‍याउने उद्देश्यका साथ वितरण गरिएको सामुदायिक विकास केन्द्र डोटीका शिक्षा परियोजना संयोजक रामचन्द्र जोशीले बताए ।

उनका अनुसार बालबालिकालाई झोला, कापी, डटपेन, पेन्सिल, इरेजर, कटर, स्कूल ड्रेस लगायत २ लाख ९८ हजारका शैक्षिक सामग्री वितरण गरिएको हो ।


About Author
-मानसखण्ड