४३५ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २५ बुधबार, ०८:०५ बजे

वन समन्वय समितिद्वारा १५ बुँदे घोषणपत्र जारी

Image

महेन्द्रनगर । सामुदायिक वन समन्वय समितिले वन संरक्षणका लागि १५ बुँदे घोषणापत्र जारी गरेको छ । सामुदायिक वन समन्वय समितिले १३ औं वार्षिक साधारणसभामा घोषणापत्र जारी गरिएको हो ।

घोषणापत्रमा वन्यजन्तु क्षति राहत कोषको स्थापना तथा सञ्चालन, वेवारिसे पशु व्यवस्थापनमा सहकार्य, लोपोन्मुख प्रजातिको संरक्षण, सामुदायिक वनका उपभोक्ताको आयआर्जन बृद्धि गर्ने कार्यक्रम सञ्चालन, वन पैदावार सहजरुपमा उपभोक्तालाई उपलब्ध गर्ने, पर्यापर्यटनको विकासका लागि होमस्टे तथा पदमार्ग सञ्चालन गर्ने र चोरीसिकार नियन्त्रण तथा अतिक्रमण नियन्त्रण कम गर्ने लगायतका १५ बुँदा समावेश गरिएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताए ।

सामुदायिक वन समन्वय समितिले १३ औं वार्षिक साधारणसभाको अवसरमा जनप्रतिनिधिलाई सम्मान गरेको उनले बताए । शुक्लाफाँटा नगरपालिका, कृष्णपुर र लालझाडी गाउँपालिकाका जनप्रतिनिधि नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायत वडाध्यक्ष र सदस्यलाई सम्मान गरिएको उनले बताए । सामुदायिक वन समन्वय समिति कञ्चनपुरमा ६० सामुदायिक वन आवद्ध छन् ।


About Author
-मानसखण्ड