७३५ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २३ , १३:१४ बजे

कलुवापुरमा दुग्ध चिस्यान केन्द्र स्थापना

Image

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बजारमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ ।

क्षेत्रीय पशु निर्देशनालय दिपायलको ३ लाख अनुदान र सुनवोरा कृषि सहकारी संस्थाको ४ लाख लागतमा दुग्ध चिस्यान केन्द्र स्थापना गरिएको हो । सहकारीले सञ्चालनमा ल्याएको सो केन्द्रले दैनिक एक हजार लिटर दूध चिस्यान केन्द्रमा भण्डार गरी आवश्यक भएका क्षेत्रमा आपूर्ति गर्छ ।

चिस्यान केन्द्रमा ३० दिनसम्म दूध भण्डार गर्ने क्षमता रहेको सहकारीका अध्यक्ष हरेन्द्र भण्डारीले बताए । सहकारीले दूधको उत्पादन बढेमा अर्को वर्षदेखि चिस्यान केन्द्रको क्षमता बढाइ २ हजार लिटर पुर्‍ याउने लक्ष्य राखेको छ । बजारमा दूधको आपूर्ति सहज बनाउन, दुग्ध उत्पादनमा लागेका किसानलाई उचित मूल्य प्रदान गर्न र पशुपालनतर्फ किसानको आकर्षण बढाइ नगरपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउन केन्द्रले सघाउ पुर्‍ याउने उनको भनाइ छ ।

“सहकारीमा आबद्ध दुग्ध उत्पादनमा लागेका ६० किसानका गाईभैँसीको निःशुल्क बीमा गराउने व्यवस्थासमेत गरिएकोे छ”, उनले भने । नगरपालिकामा दैनिक २ हजार लिटर बढी दूध उत्पादन हुने गरेको छ । उत्पादन भएको दूधमध्ये आधाले मात्रै बजार पाउने गरको छ ।


About Author
-रासस

राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार एजेन्सी हो । यो नेपाल सरकारको पूर्ण स्वामित्व रहेको संस्थान हो ।