९२९ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २३ , ०९:२४ बजे

विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Image

बझाङ । बझाङको नमुना आधारभुत विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शिव सिलवाल टिमले विद्यालयका विपन्न विद्यार्थीलाई झोला र पानीे बोतल वितरण गरीएको हो ।

युएसएमा काम गर्ने १५ जना नेपालीहरुको समुहले एक लाख बराबरको शैक्षिक सामग्री १ सय जना विद्यार्थीलाई वितरण गरिएको समाजसेवि मदन सार्कीले बताए ।

फेसबुकबाट अमेरीकामा बस्दै आएका नेपालीहरुसँग समाजसेवि  मदन सार्कीले समन्वय गरी आर्थिक रकम जुटाइ विकट जिल्ला बझाङका पिछडीएका विपन्न दलीत समुदायका बालबालीकालाई शैक्षिक सामाग्री वितरण गरेको विद्यालयका प्रध्यानाध्यापक गजेन्द्र रसाईलीले बताए ।