८४० पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २३ , ०७:३६ बजे

जिसस कञ्चनपुरमा एमालेको प्यानल विजयी

Image

महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरमा नेकपा एमालेको प्यानल नै निर्विरोध निर्वाचित भएको छ ।

समन्वय समितिको प्रमुख र उपप्रमुखसहित थप ७ जना सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । मुख्य निर्वाचित अधिकृतको कार्यालयले जारी गरेको निर्वाचन कार्यतालिका अन्तर्गत अन्य दलको उम्मेदवारी नपरेपछि एमालेका उम्मेदवारलाई आईतबार निर्वाचित भएको घोषणा गरिएको हो ।

समन्वय समितिको प्रमुखमा फैरु तामाङ र उपप्रमुखमा सानुकुमारी बुढाथापा निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका नायब सुुब्बा अम्बादत्त भट्टले बताए । समन्वय समितिको सदस्यमा ठिट्ठा राना, बलराम पन्त, लक्ष्मण राना, सुन्नरी कडारा, इकरानी राना, गुड्डी नेपाली र सीता भण्डारी निर्विरोध निर्वाचित भएका उनले बताए ।

मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले समन्वय समितिमा निर्वाचित पदाधिकारीलाई आईतबारै पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । जिल्ला निर्वाचन कार्यालयमा आयोजित जिल्ला समन्वय समितिका नवनिर्वाचित पदाधिकारीको पदभार तथा सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत ढुंगानाले प्रमुख फैरु तामाङ र उपप्रमुख सानुकुमारी बुढाथापालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् भने प्रमुख तामाङले अन्य सदस्यलाई सपथ ग्रहण गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका नायब सुब्बा भट्टले जानकारी दिए ।


About Author
-मानसखण्ड