७५४ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण २३ , ०७:२२ बजे

एमाले भीमदत्त नगरद्वारा जनप्रतिनिधिलाई सम्मान

Image

महेन्द्रनगर । भीमदत्त नगर समन्वय कमिटीले भीमदत्त नगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

भीमदत्त नगर समन्वय कमिटीले भीमदत्त नगरपालिकाको साउन २४ गते हुने प्रथम नगर सभा सम्बन्धी सुझाव संकलन तथा भीमदत्त नगरपालिका प्रमुख, वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य र वडा सदस्यलाइ बधाई तथा सम्मान गरेको हो । कार्यक्रममा नेकपा एमाले पार्टीका कार्यकर्ताले नगरको योजनाको बारेमा सल्लाह दिएको थियो ।

भीमदत्त नगर समन्वय कमिटीका अध्यक्ष प्रताप तिरुवाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सल्लाहकार कमिटीका सदस्य उर्वादत्त पन्त रहेका थिए । कार्यक्रम सञ्चालन नेकपा एमालेको ४ नम्बर निर्वाचन क्षेत्रका संयोजक शेरबहादुर चन्दले गरेका थिए ।

भीमदत्त नगरपलिकाका प्रमुख सुरेन्द्र विष्ट लगायत एमाले पार्टी कार्यकर्ताले कार्यक्रममा मन्तव्य राखेका थिए ।


About Author
-मानसखण्ड