१९३ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १९ , ०९:१८ बजे

कञ्चनपुरलाई ‘लोडसेडिङ मुक्त’ गर्ने सहमति

Image

महेन्द्रनगर । अखिल क्रान्तिकारीको तालाबन्दी आन्दोलनपछि नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले कञ्चनपुरलाई तत्काल लोडसेडिङ मुक्त गर्ने सहमति गरेको छ ।

कञ्चनपुरलाई लोडसेडिङमुक्त गर्ने सहमतिपछि अखिल क्रान्तिकारीले विद्युत् कार्यालय प्रमुख पुष्पराज पन्तको कार्यकक्षमा लगाएको ताला खोलेको छ । वार्ताका क्रममा भएका सहमतिबारे जानकारी दिँदै अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष विरेन्द्रराज विष्टले विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख पन्तले अबको २ हप्ताभित्र जिल्लालाई लोडसेडिङ मुक्त गर्ने प्रतिवद्धता जनाएको बताए । ‘कार्यालय प्रमुख पन्त माग सम्बोधनमा सकारात्मक देखिएपछि क्रान्तिकारीले आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ,’ विष्टले भने ।

लालपुर शवस्टेसनमा १५ केभी एमपीए क्षमताको ट्रान्सफर जडान गर्न २ हप्ताको समय लाग्ने र त्यसपछि जिल्ला पूर्ण लोडसेडिङ मुक्त हुने विद्युत् कार्यालय प्रमुख पन्तको भनाईलाई उदृत गर्दै क्रान्तिकारीका अध्यक्ष विष्टले बताए । पटक–पटक कञ्चनपुरलाई लोडसेडिङ मुक्त गर्नुपर्ने माग राख्दै विद्युत् प्राधिकरणविरुद्ध आन्दोलन थाल्दै आएको क्रान्तिकारीले मागको वेवास्ता गरिएको भन्दै आईतबार महेन्द्रनगर वितरण केन्द्र प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो । ताला प्रहरीको सहयोगमा तोडिएपछि क्रान्तिकारीले फेरि बुधबार तालाबन्दी गरेको थियो ।


सम्बन्धित