३८९ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १९ , ०९:०६ बजे

स्पीकिङ्ग आइडलका लागि कृष्णपुर र शुक्लाफाँटाबाट ६ जना छनौट

Image

महेन्द्रनगर । लियो क्लब अफ महाकाली क्लासिकद्वारा आयोजित क्लासिक ‘स्पीकिङ्ग आइडल कञ्चनपुर २०१७’ को लागि कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाबाट ६ जना छनौट भएका छन् ।

भदौ १ गते महेन्द्रनगरमा हुन गइरहेको ‘स्पीकिङ्ग आइडल’को लागि कृष्णपुरमा भएको कार्यक्रमका सहभागी ४१ जनामध्ये ६ जना पहिलो छनौटमा परेका लियो क्लव अफ महाकाली क्लासिकका अध्यक्ष धिरज जोशीले बताए । ‘स्पीकिङ्ग आइडल’ मंगलबार महाकाली नगरपालिकाबाट प्रथम चरणको छनौट सुरु भएको होे ।

महाकाली नगरपालिकामा भएको पहिलो चरण छनौटबाट २३ सहभागीमध्ये ५ जना दोस्रो चरणमा प्रवेश गरेका छन् । बिहीबार भीमदत्त नगरपालिका र बेतकोट नगरपालिको छनौट कार्यक्रम आदर्श विद्या निकेतन माध्यमिक विद्यालयमा हुने अध्यक्ष जोशीले बताए ।

साउन २५ गते लालझाडी गाउँपालिका, पुनर्वास नगरपालिका तथा २६ गते बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकामा छनौट कार्यक्रम हुने आयोजकले जनाएको छ । अध्यक्ष जोशीका अनुसार लियो क्लव अफ महाकाली महेन्द्रनगर र लियो क्लव अफ शुक्लाफाँटा स्माइलको सहकार्यमा कार्यक्रम भइरहेको छ ।