९४५ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १७ , १०:४० बजे

अछाम कांग्रेसमा टुटफुट, उपसभापतिद्वारा राजीनामा

Image

अछाम । स्थानीय तह निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेस अछाममा टुटफुट सुरु भएको छ ।

चुनावमा असहयोग गरेकालाई पार्टीले जिल्ला समन्वय समिति अध्यक्षमा सिफारिस गरेको भन्दै नेपाली कांग्रेस अछामका उपसभापति चन्द्रप्रसाद ढुुंगानाले पदबाट राजीनामा दिएका छन् । जिल्ला समन्वय समिति अछामको अध्यक्षका लागि उम्मेदवार छनोट गर्दा स्थानीय तह निर्वाचनमा असहयोग गरेकालाई सिफारिस गरिएको भन्दै उनले पदबाट राजीनामा दिएका हुन् ।

जिल्ला समन्वय समिति अछामको अध्यक्षका लागि उम्मेदवार छनोट गर्न साउन १६ गते बसेको पार्टीको जिल्ला कार्यसमिति बैठकमा असहयोग गर्नेलाई कारबाही हुनुपर्ने माग उठाउँदा पनि कारवाही हुनुको साटो उल्टै पुुरस्कृत गर्ने गरी निर्णय गरिएपछि उपसभापतिले असन्तुष्टि जनाएका हुन् ।

‘यस्तो अवस्थामा पदमा बसिरहनुको कुनै औचित्य हुँदैन,’ उनले भने । राजीनामा पत्र सामाजिक सञ्जाल फेसबुुकमार्फत् सार्वजनिक गर्दै उपसभापति ढुुंगानाले भनेका छन्, ‘स्थानीय तह निर्वाचनमा मंगलसेन नगरपालिकाको मेयर पदको उम्मेदवारको प्रत्यासी भइरहँदा निर्वाचनका क्रममा भोगेको घात÷प्रतिघातका बारेमा पार्टीलाई जानकारी गराउँदा समेत आजको उम्मेदवार छनोट समितिले दोषीलाई पुुरस्कृत गर्ने गरी निर्णय गरेको छ ।’

मंगलसेन नगरपालिकामा स्थानीय तह निर्वाचनमा १४ वडामध्ये नेपाली कांग्रेसले ९ वडामा विजयी हासिल गर्दा ढुंगाना एमालेका मेयरका उम्मेदवार पदमबहादुर बोहरासँग झिनो मतअन्तरले पराजित भएका थिए ।