९६२ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १५ , १७:०८ बजे

विद्युत कार्यालयमा अखिल क्रान्तिकारीको तालाबन्दी

Image

महेन्द्रनगर । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले नेपाल विद्युत् प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरमा अनिश्चित कालिन तालाबन्दी गरेको छ ।

कञ्चनपुरमा भईरहेको विद्युतिय समस्या समाधानका लागि विद्युत प्राधिकरण शाखा कार्यालयलाई माग गर्दा समेत कुनै सुनवाई नभएकाले कार्यालय प्रमुख पुष्पराज भट्टको कार्यकक्षमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष बिरेन्द्रराज विष्टले बताए ।

अखिल क्रान्तिकारीले लामो समयदेखि कञ्चनपुरलाई पूर्ण लोडसेडिङ मुक्तको माग गर्दै ज्ञापन पत्र र स्मरणपत्र बुझाउँदा समेत नेपाल विद्युत् प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरले माग पुरा नगरेको उनले बताए । माग पूरा नभए सम्म आन्दोलन जारी राख्ने उनले बताए ।


About Author
-मानसखण्ड