८४४ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १५ आइतबार, ०९:२६ बजे

भीमदत्त नगरपालिकाको बजेट साउन २४ गते आउने

Image

महेन्द्रनगर। भीमदत्त नगरपालिकाको चालू आर्थिक वर्षको बजेट साउन २४ गतेको नगर सभामा पेश हुने भएको छ ।

नगरपालिकाको कार्यपालिका बैंठकले साउन २४ गते नगर सभामा बजेट पेश गर्ने निर्णय गरेको हो । साउन १७ गतेभित्र सबै वडालाई वडा भेलाबाट योजना तथा कार्यक्रम छनोट गरेर कार्यालयमा पठाउन निर्देशन दिइएको नगरपालिकाका प्रशासकीय अधिकृत हरिसिंह धामीले बताए । ‘वडा तहबाट छनोट भई आउने योजना र कार्यक्रमलाई नगरपालिकामा गठित विभिन्न समितिमा छलफलको लागि पठाइने छ,’ उनले भने, ‘ती समितिले योजनालाई पूर्णता दिएपछि आगामी २४ गते बस्ने नगर सभामा बजेट पेश गरिने छ ।’

कार्यपालिका बैंठकले नगरपालिका सञ्चालन कार्यविधि पारित गरेको छ । बैठकले नगरपालिकाको सञ्चालन कार्यविधि पारित गर्दै विभिन्न निर्णय गरेको जनाइएको छ । बैंठकले छाडा पशुचौपाया व्यवस्थापनका सन्दर्भमा कार्यविधि नबन्दासम्म प्रत्येक वडालाई आ–आफ्नो वडाभित्र रहेका पशुको तथ्याङ्क संकलन एवम् चौपायाको व्यवस्थापन गर्न पनि नगरपालिकाले सबै वडाका अध्यक्षलाई निर्देशन दिएको छ ।

 


About Author
-मानसखण्ड

सम्बन्धित