८३३ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १५ , ०८:५१ बजे

शुक्लाफाँटाका जनप्रतिनिधिलाई सम्मान

Image


झलारी । मानव अधिकार तथा वातावरण संरक्षण केन्द्र र सामुदायिक सद्भाव समिति शुक्लाफाँटाले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

सद्भाव समितिले शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐर र वडा नम्बर ४ का सदस्य काले लुहारलाई सम्मान गरेको मानव अधिकार तथा वातावरण संरक्षण केन्द्रका संयोजक प्रविन बोगटीले बताए । सद्भाव समितिले स्थानीय तहको निर्वाचनका बेला सामाजिक सद्भावमा खल्बल भए/नभएको बारेमा छलफल गरेको थियो ।

शुक्लाफाँटा नगरपालिकाका सबै वडालाई समेटर सामाजिक सद्भाव सम्बन्धी छलफल गर्नुपर्ने नगरपालिका प्रमुख दिलबहादुर ऐरले बताए । सामुदायिक समितिले नगरवासीका समस्या र पीडा समाधानका लागि संवाद गरेर समाधान गर्न पहल गर्नुपर्ने उनले बताए ।

‘नगरपालिकाले सामाजिक सद्भाव समितिले कार्यायोजना साथ अगाडि बढे नगरपालिकाले सधै सहयोग गर्नेछ,’ उनले भने । स्थानीय निर्वाचनले समाजमा सद्भाव खल्बल्याएको जस्तो हुने गरेको समितिका सदस्य धनबहादुर कुस्मीले बताए । स्थानीय निर्वाचनको क्रममा राजनीतिक दल र मतदाताबीचको सम्बन्धमा खल्बल परेकाले समाधानका लागि सामाजिक सद्भाव समितिले पहल गर्नुपर्ने उनले बताए ।

शुक्लाफाँटा नगरपालिकाका सबै वडाको प्रतिनिधित्व हुने गरी सद्भाव समिति विस्तार गर्नुपर्ने सद्भाव समितिका संयोजक जोगीसिंह सोवले बताए । मानव अधिकार तथा वातावरण संरक्षण केन्द्रले जनप्रतिनिधि र सामाजिक सद्भाव समितिबीच अन्तक्र्रिया गर्नुपर्ने इन्सेकका संयोजक कोमलनिरञ्जन भाटले बताए ।


About Author
-मानसखण्ड

सम्बन्धित