१२३ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १३ शुक्रबार, ०७:३३ बजे

उपक्षेत्रीय अस्पतालमा बिरामीको चाप

Image

डडेल्धुरा । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा बिरामीको चाप बढ्दै गएको छ ।

मौसममा आएको परिर्वतनले गर्दा अस्पतालमा मौसमी बिरामीको चाप बढेको हो । अस्पतालमा अहिले दैनिक ३ सयभन्दा बढी बिरामी आउने गरेको मेडिकल सुपरिन्टेन्डेन्ट डा. शिवराज पनेरु बताए । ५० शैया रहेको अस्पतालमा सुदूरपश्चिमका ७ पहाडी जिल्ला डडेल्धुरा, बैतडी, डोटी, दार्चुला, बझाङ, अछाम र बाजुराका बिरामी उपचार गराउन आउने गरेका छन् ।

अस्पतालमा आजभोलि १ सय ५० देखि २ सय ५० सम्म ओपीडीमा र ३० देखि ५० जनासम्म इमर्जेन्सीमा उपचारको लागि आउने गरेको मेडिकल सुपरिन्टेन्डेन्ट पनेरुले बताए । अस्पतालमा विशेषगरी भाइरल ज्वरो, झाडापखालाका बिरामी आउने गरेको उनले बताए ।

 

 


About Author
-ध्रुव विष्ट