५६१ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १२ बिहीबार, १५:१८ बजे

कञ्चनपुर जिल्ला अदालत मुद्दा फछ्र्याैटमा ‘असफल’

Image

महेन्द्रनगर । जिल्ला अदालतत कञ्चनपुर लक्ष्य अनुसार मुद्दा फछ्र्याैट गर्न असफल भएको छ ।

अदालतले आर्थिक वर्ष २०७३/०७४ मा ६ सय ६६ मुद्दा फछ्र्याैटको लक्ष्य लिएकोमा ४ सय ७७ मुद्दा किनारा लगाएको हो । अदालतले आर्थिक वर्ष २०७२/०७३ बाट सरेर आएका ४ सय १६ मुद्दासहित ११ सय २ मुद्दा दर्ता हुने आकलन गरेको थियो । तर, गत आर्थिक वर्षमा सरिआएका ४ सय १६ र नयाँ दर्ता ४ सय ८६ गरी ९ सय २ मात्र मुद्दा जिल्ला अदालतमा दर्ता भएको अदालतका सूचना अधिकारी अम्बादत्त भट्टले जानकारी दिए ।

जोशीका अनुसार २ न्यायाधीशको दरबन्दी रहेको जिल्ला अदालतमा न्यायाधीश प्रकाश ढुंगाना गत बैशाखदेखि स्थानीय तहको निर्वाचनमा खटिएकाले लक्ष्य अनुसार मुद्दा फछ्र्यौैट हुन नसकेको हो । जिल्ला अदालतमा दर्ता भएका ३ सय ४२ देवानी मुद्दामध्ये १ सय ४७ फछ्र्याैट भएकोमा १ सय ९५ मुद्दाको किनारा लाग्न बाँकी छ । व्यक्तिवादी फौजदारीका २ सय ११ मुद्दामा १ सय १४ मुद्दा किनारा लागेका छन् । ९७ मुद्दा प्रक्रियामा रहेको अदालतले जनाएको छ ।

यसैगरी, सरकारवादी फौजदारीका अन्तर्गत ३ सय ४६ मुद्दा परेकोमा २ सय १४ फछ्र्याैट भएका छन् भने १ सय ३२ मुद्दाको छिनोफानो हुन बाँकी रहेको डिठ्ठा शमशेर नाथले बताए । कञ्चनपुर अदालतमा ४ रिट निवेदन परेकोमा २ वटाको टुंगो लाग्न बाँकी छ । जिल्ला अदालतका डिठ्ठा नाथका अनुसार पछिल्लो समयमा सम्बन्धविच्छेदका मुद्दा बढेका छन् । गत आर्थिक वर्षमा सम्बन्ध विच्छेदका ९८ मुद्दा दर्ता भएका थिए । तीमध्ये ६१ फछ्र्याैट भएको र ३७ प्रक्रियामा रहेको उनले बताए ।


About Author
-मदन गिरी