४८३ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ११ बुधबार, १०:२५ बजे

सांसद रावलद्वारा भटाकाँटिया स्वास्थ्य चौकीलाई एम्बुलेन्स

Image

अछाम । सांसद जानकी साउँद रावलले रामारोशन गाउँपालिकाको भटाकाँटिया स्वास्थ्य चौकीका लागि एम्बुलेन्स खरिद गरेकी छन् ।

सांसद रावलले सांसद विकास कोषको रकमबाट खरिद गरेको एम्बुलेन्स स्वास्थ्य चौकीलाई उपलब्ध गराउने भएकी हुन् । दुर्गम ठाउँका बिरामीलाई उपचारमा सहजता होस् भने एम्बुलेन्स प्रदान गरिन लागिएको उनले बताइन् । आर्थिक वर्ष २०७३/७४ मा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत खरिद गरिएको एम्बुलेन्स काठमाडौं आइपुगेको छ । केही दिनमै एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने सांसद रावलले जानकारी दिइन् ।

सांसद रावलले यसअघि २०७१/७२ मा सांसद विकास कोषबाट स्वास्थ्य चौकी विनायकलाई एम्बुलेन्स उपलब्ध गराएकी थिइन् । एम्बुलेन्सले पूर्वी अछामका बिरामीलाई सेवा दिँदै आएको छ । सांसद रावल नेकपा माओवादी केन्द्रबाट समानुपातिक कोटामा सांसद भएकी हुन् ।


About Author
-  टेकराज भण्डारी