२०९ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ११ , १०:०३ बजे

अछाममा ट्राफिक कारवाहीबाट ७ लाख राजस्व

Image

अछाम । अछाममा ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरी करिब ७ लाख राजस्व संकलन गरेको छ ।

ट्राफिक नियमको उल्लंघन गर्ने विभिन्न सवारी कारबाहीबाट आर्थिक वर्ष २०७३/७४ मा ६ लाख ९८ हजार ५ सय राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अछाम जिल्लामा १ हजार १ सय २७ सवारीसाधनबाट राजस्व संकलन गरेको हो । कारबाहीमा पर्ने सबैभन्दा बढी सवारीसाधन जीप तथा कार छन् ।

१ वर्षको अवधिमा ४ सय ८५ वटा जीप तथा कारबाट २ लाख ८२ हजार जरिवाना राजस्व संकलन भएको छ । २ सय ४३ मोटरसाइकलबाट १ लाख ४८ हजार ५ सय, २ सय ५ ट्रयाक्टरबाट १ लाख ३३ हजार ५ सय राजस्व संकलन गरिएको अछामका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए । १ सय ५३ ट्रकबाट ९६ हजार ५ सय तथा ५९ वटा बसबाट ३८ हजार राजस्व संकलन भएको छ ।

सवारी चालक अनुमतिपत्र तथा अन्य कागजात साथमा नराख्ने, नियम विपरित बढी यात्रु बोक्ने, गलत दिशा तथा क्षेत्रमा सवारी साधन हाँक्ने लगायतका कारणले सवारीसाधनमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ । 

 


About Author
-खेम भण्डारी