२०८ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ०८ आइतबार, ११:५५ बजे

श्रीखण्डको विरुवा उत्पादनमा वृद्धि

Image

डडेल्धुरा । डडेल्धुरा जिल्लामै उत्पादन गरी बहुमुल्य जडीबुटी श्रीखण्डको व्यवसायिक विरुवा उत्पादन सुरु भएको छ ।

नर्सरी स्थापना गरी उत्पादन गरिएका श्रीखण्डका बोटको बिक्रीवितरण कार्यले पछिल्लो समयमा बढावा पाएको हो । भागेश्वर गाँउपालिका–४ का खेमराज जोशीले नर्सरीको स्थापना गरी श्रीखण्डका बोट उमारेर बिक्री थालेका हुन् । प्रतिबोट ३ सय रुपैयाँका दरले बिक्री भइरहेको उनले बताए । नर्सरीमा श्रीखण्डका ५ सय विरुवा रहेका छन् ।

गत फागुनबाट श्रीखण्डको बेर्ना उत्पादन गरिएकोमा अहिले बिक्री सुरु गर्न थालेको जोशीले बताए । जोशीका अनुसार श्रीखण्डको एउटा रुख तयार हुन १०–१५ वर्ष लाग्ने र प्रतिरुखबाट ३ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ । बाँझो जमिनलाई हराभरा बनाउन र आर्थिक तवरबाट सबल बन्न श्रीखण्डका बोट लगाउनुपर्ने जोशीको सुझाव छ ।

भद्रपुरका उज्वलदत्त पनेरु पनि श्रीखण्ड औषधिको रुपमा समेत प्रयोग गरिन सकिने भएकाले आम्दानीको स्रोत रहेको बताउँछन् ।

 


About Author
-ध्रुव विष्ट