९२५ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ०२ , ०८:५७ बजे

कञ्चनपुरमा ७१ प्रतिशत बजेट मात्रै खर्च

Image

महेन्द्रनगर । कञ्चनपुरमा आर्थिक वर्ष २०७३/०७४ मा ७१ प्रतिशत बजेट मात्र खर्च भएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा विनियोजित बजेटको ७१ दशमलव ७८ प्रतिशत रकम खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय महेन्द्रनगरले जनाएको छ । पूँजीगततर्फ विनियोजित ४ अर्ब ३ करोड ७५ लाख ८३ हजार १ सय ४० रुपैयाँमध्ये ३ अर्ब १४ करोड १३ लाख ४ हजार ९ सय ६८ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रणक कार्यालय महेन्द्रनगरका लेखापाल मदनसिंह महराले जानकारी दिए ।

चालु खर्चतर्फ भने प्रगति भएको देखिएको छ । चालूतर्फ ९८ प्रतिशत खर्च भएको छ । लेखापाल महराका अनुसार चालू खर्चतर्फ विनियोजित ५ अर्ब ५८ करोड ७ लाख २६ हजार ४३ रुपैयाँमध्ये ५ अर्ब ४९ करोड ५२ लाख ५० हजार ४ सय ९६ खर्च भएको छ । गत आर्थिक वर्षमा कञ्चनपुरमा ८३ प्रतिशत विकासे बजेट खर्च भएको थियो ।

लेखापाल महराका अनुसार गत आर्थिक वर्षमा जिल्लामा कुल विनियोजित बजेट २ अर्ब १२ करोड ९५ लाखमध्ये १ अर्ब ७८ करोड ४१ लाख खर्च भएको थियो । यस वर्ष स्थानीय तहको चुनाव लगायतका कारणले कम बजेट खर्च भएको हुन सक्ने लेखापाल महराले बताए ।

 


About Author
-मानसखण्ड