४२३ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ०१ आइतबार, ११:२९ बजे

सामुदायिक वनबाट संकलित रकमबाट बाख्रापालन

Image

बझाङ । सामुदायिक वनबाट संकलित रकमले बझाङको केदारस्युँ गाउँपालिका–४ सैसुका स्थानीयले बाख्रापालन थालेका छन् ।

गाउँपिपलधार सामुदायिक वनबाट संकलित रकमबाट बाख्रापालन थालिएको सामुदायिक वनका अध्यक्ष कुमेन्द्रबहादुर मल्लले बताए । १० जना बढीले बाख्रा समेत खरिद गरेको स्थानीय कलसा भण्डारीले बताइन् । समितिबाट नै ऋण निकालेर आफूले २ बाख्रा खरिद गरेको उनले बताइन् ।

स्थानीयले बाख्रा मात्र पालेका छैनन्, घाँस दाउराको समेत रकम लिने बनाइएपनि स्थानीयलाई सहज भएको छ । ४/५ वर्ष अघिदेखि स्थानीय वासिन्दा ‘जतिबेला मन लाग्यो त्यति बेला’ घाँस दाउरा काट्ने गरेकामा अहिले सहज भएको ज्ञानादेवी भण्डारीले बताइन् ।

समितिमा अहिले झण्डै २ लाखभन्दा बढी आम्दानी भएको छ । समितिको निर्णय उल्लंघन गर्नेलाई ५० रुपैयाँदेखि २ सयसम्म जरिवाना तोकिएको मालदेवी मल्लले बताइन् ।


About Author
-डीबी विष्ट