७२५ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ०१ , ०९:०२ बजे

ढुकुटी, मिटर व्याज न्यूनीकरणबारे कार्यक्रम

Image

धनगढी । ढुकुटी मिटर व्याज न्यूनिकरण सम्बन्धी एक दिने चेतनामूलक कार्यक्रम शनिबार धनगढीमा सम्पन्न भएको छ ।

संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा वार्षिक समीक्षासँगै अन्तक्र्रिया भएको हो । मिटर व्याज र ढुकुटीले कतिपय व्यक्ति घरबारविहीन भएकाले न्यूनिकरण र अन्त्य गर्न सबै सचेत हुनुपर्ने सहकारीका अध्यक्ष नरेश विष्टले बताए । ठगी गर्नेकोे पहिचान कारवाहीको आवश्यक रहेको उनले औंल्याए ।

कार्यक्रममा समयमै कर्जा चुक्ता गर्ने टोपप्रसाद भुसाल तथा असल जमानी हरिप्रसाद भट्ट, यमनाथ पौडेल, सेल्रिबेटी अफ द मन्थको पुरस्कारको रुपमा बजार प्रतिनिधि राधा भट्टराई विष्ट, उत्कृष्ट बजार प्रतिनिधि गंगा चौधरी, पार्वती अर्याललाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

पार्वती अर्यालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सस्थाका प्रबन्ध सञ्चालक मनमोहन विष्टले गरेका थिए ।


सम्बन्धित